२०८१ मंसिर ८ गते शनिवार / Nov 23 , 2024 , Saturday
२०८१ मंसिर ८ गते शनिवार

इट्टा भट्टामा काम गर्ने बालश्रमिकको अनुगमन

ADV
सत्येन्द्र प्रताप सिंह
२०८१ मंसिर २ गते २१:२६
इट्टा भट्टामा काम गर्ने बालश्रमिकको अनुगमन

रौतहट : रौतहटको गुजरा नगरपालिकाले इट्टा भट्ठाहरूमा काम गर्ने बालश्रमिकहरूको अनुगमन गरेको छ । नगरपालिकामा संचालित बालश्रम न्यूनीकरण परियोजनाले इट्टा भट्ठाहरूको अनुगमन गरेको हो ।

ग्रामीण विकास केन्द्र नेपाल, केएनएच, किनडर नट हेल्पको आर्थिक सहयोग र गुजरा नगरपालिकाको समन्वयमा  परियोजना संचालित रहेको परियोजना संयोजक शेष अर्सदले जानकारी दिए ।

परियोजनाले बालश्रम न्यूनीकरणका लागि कार्यविधि बनाउने बनाउनेदेखि लिएर सरोकारवालाहरूको क्षमता अभिवृद्धि गर्ने काम गर्छ । 

No description available.

नगरपालिकाकी उपप्रमुख रत्ना लामाको नेतृत्वमा अनुगमन टोली इट्टा भट्ठाहरू पुगेको थियो । नगरपालिका भित्र रहेको रामजनकी इट्टा उद्योग, रोयल इट्टा उद्योग लगायत दर्जनौं इट्टा भट्ठाहरूमा अनुगमन गरेको छ ।

अनुगमनको क्रममा सर्लाही, मकवानपुरलगायतका जिल्लाहरूबाट परिवारै सहित इट्टा भट्ठाहरूमा काम गर्न आउने गरेको पाइएको छ । जसमा ५ वर्षदेखि १५ वर्ष मुनिका बालबालिकासँगै आउने गरेको र बालश्रम पाइएको छ । 

बाल श्रमिकहरूको पढाईलाई कसरी निरन्तरता दिन सकिन्छ भन्ने बारेमा अनुगमनको क्रममा विचार विमर्श गरिएको छ । अनुगमन पछि त्रैमासिक रूपमा अनुगमन गर्ने, बालबालिकाहरू विद्यालय गए÷नगएको सुनिश्चित गर्ने जस्ता सुझाव आएको छ ।

No description available.

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise