२०८१ माघ १५ गते मङ्गलवार / Jan 28 , 2025 , Tuesday
२०८१ माघ १५ गते मङ्गलवार
Ads

चेक बाउन्स मुद्दामा लामा पक्राउ

hardik ivf
मध्यान्ह
२०८१ मंसिर ३ गते १३:३१
चेक बाउन्स मुद्दामा लामा पक्राउ

काठमाडौंः चेक बाउन्स मुद्दामा कैदसहित जरिवाना फैसला सुनाइएका काभ्रेपलाञ्चोकको तेमाल घर भइ हाल काठमाडौं महानगरपालिका–४ बस्ने सत्यमान लामालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत काठमाडौंले विसं २०८० चैत २७ गते दुई वर्ष कैद र रु ३० लाख बिगो तथा रु ३० लाख जरिवाना सजाय हुने फैसला गरेपछि फरार रहेका लामालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

उनले भने, ‘लामालाई हामीले पक्राउ गरेका छौँ, सजाय भुक्तानीका लागि अदालतमा उपस्थित गराएर कारागार पठाइने छ ।’ पक्राउ परेका लामा बुद्धचित्त र रक्तचन्दन व्यापारमा पनि मुछिएका तथा विसं २०७५ मा किसानको बुद्धचित्त लुटपाट गरेको आरोपमा पनि उनी पक्राउ परेको प्रहरीले जनाएको छ ।

ADVenergy

सम्बन्धित खबर

Advertise