२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

धितोपत्र बोर्ड अध्यक्षको अन्तर्वार्तामा तीन जना पुनः अनुपस्थित, नियुक्ति प्रक्रिया नै रद्द गर्ने तयारी

ADV
मध्यान्ह
२०८१ असार ५ गते ११:४५
धितोपत्र बोर्ड अध्यक्षको अन्तर्वार्तामा तीन जना पुनः अनुपस्थित, नियुक्ति प्रक्रिया नै रद्द गर्ने तयारी

काठमाडौं : धितोपत्र बोर्डको अध्यक्षका तीन उम्मेदरवारलाई बुधबारका लागि कार्ययोजना प्रस्तुति तथा अन्तर्वार्ताका लागि बोलाइए पनि उनीहरु फेरि अनुपस्थित भएका छन् ।

नेपाल धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समितिले ‘सर्टलिस्ट’मा पारेका पाँच जनालाई गत आइतबार बिहान ९ बजे व्यावसायिक प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि बोलाएको थियो । तर तीन जना आएका थिएनन् । उनीहरू नआएपछि बुधबार (आज) प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि पुनः बोलाइएकोमा आज पनि उनीहरु उपस्थित नभएका हुन् ।

सर्टलिस्टमा परेकामध्ये बोर्डका कार्यकारी निर्देशक नवराज अधिकारी, नेपाल स्टक एक्स्चेन्जका सीईओ कृष्णबहादुर कार्की र बीमा समितिका पूर्वअध्यक्ष चिरञ्जिवी चापागाईं अनुपस्थित भएका हुन् ।

सर्टलिस्टमा परेका सन्तोषनारायण श्रेष्ठ र धितोपत्र बोर्डका कार्यकारी निर्देशक मुक्ति श्रेष्ठले भने आइतबार कार्ययोजना प्रस्तुति तथा अन्तर्वार्ता दिएका थिए । 

योसँगै अध्यक्ष नियुक्ति प्रक्रिया नै रद्द गर्ने तयारी भइरहेको छ । 

ADVADV

सम्बन्धित खबर

Advertise