२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

दुधको भुक्तानी दिन माग गर्दै विरोध प्रदर्शन, किसानमाथि प्रहरीको धरपकड

ADV
मध्यान्ह
२०८१ असार ५ गते ११:४५
दुधको भुक्तानी दिन माग गर्दै विरोध प्रदर्शन, किसानमाथि प्रहरीको धरपकड

काठमाडौँ : दुधको भुक्तानी दिन माग गर्दै नेपाल दुग्ध विकास संस्थान (डीडीसी) को केन्द्रीय कार्यालय घेराउ गर्न पुगेका दुग्ध किसानहरूलाई प्रहरीले धरपकड गरेको छ । दुधको पैसा पाउनुपर्ने मागसहित विरोध प्रदर्शनमा उत्रिएका किसानमाथि प्रहरीले धरपकड गरेको हो । 

उनीहरूले दुग्ध उत्पादक कृषकहरूले दुग्ध विकास संस्थान लगायत निजी डेरीहरूबाट लामो समयदेखि दुधको भुक्तानी पाउन बाँकी रहेको भन्दै भुक्तानी दिन मागसहित विरोध प्रदर्शन गरेका थिए ।  किसानहरूले दुग्ध विकास संस्थान (डीडीसी) घेराउ र तालाबन्दी कार्यक्रम गर्ने क्रममा प्रहरीले केहीलाई पक्राउसमेत गरेको छ ।

६ लाख दुग्ध किसानले मङ्सिर महिनादेखिको भुक्तानी पाएका छैनन् । डीडीसी र निजी डेरी उद्योगहरू गरी किसानहरूले ४ अर्बभन्दा बढी बक्यौता उठाउन बाँकी छ । त्यसमध्ये डीडीसीले मात्र करिब २ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ । 

भुक्तानी लगायत विभिन्न मागसहित पटक पटक गरेको सम्झौता-सहमति समेत कार्यान्वयन नभएको दुग्ध किसानहरूको आरोप छ । 

ADVADV

सम्बन्धित खबर

Advertise