२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

नक्कली फेसबुक आइडी प्रयोग गरी ठगी गर्ने व्यक्ति पक्राउ

shivam cement
२०८१ मंसिर ३ गते १७:२१
Shares
नक्कली फेसबुक आइडी प्रयोग गरी ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौंं: नक्कली फेसबुक आइडी प्रयोग गरी रकम ठगी गरेको अभियोगमा तनहुँ आँबुखैरेनी गाउँपालिका–५ घर भइ काठमाडौं चन्द्रागिरी नगरपालिका७ बस्ने रूद्र बहादुर गुरूङलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । 

रूद्रले फेसबुक लगायत सामाजिक सञ्जालमा नक्कली एकाउन्ट निर्माण गरी सोही आइडीहरूको दुरुपयोग गर्दै केटी साथीहरू बनाइ आफू फ्रान्स, सिंगापुरको लाहुरे हुँ, तिमीलाई मन पराउँदछु, बिहे गरी सिंगापुर लैजान्छु, सिंगापुर लैजानको लागि कागजातहरू बनाउनु पर्छ त्यस बापत पैसा लाग्छ भनी काठमाडौं, चितवनको विभिन्न स्थानमा आफ्नो हुलिया एवं परिचय परिवर्तन गरी भेट्न बोलाई करिब २७ लाख ८३ हजार २ सय रूपैयाँ रकम ठगी गरेको अनुसन्धानको क्रममा खुल्न आएको छ । 

उनीलाई ठगी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली पठाइएको छ । 

सम्बन्धित खबर