२०८१ मंसिर ८ गते शनिवार / Nov 23 , 2024 , Saturday
२०८१ मंसिर ८ गते शनिवार

सार्वजनिक स्थानका संरचना नहटाए डोजर चलाउने चेतावनी

ADV
सुर्य प्रसाद भुसाल
२०८१ मंसिर ३ गते २१:११
सार्वजनिक स्थानका संरचना नहटाए डोजर चलाउने चेतावनी

सन्धिखर्क : अर्घाखाँचीको सन्धिखर्क  नगरपालिकाले नगरपालिका बजार क्षेत्रमा सडक विस्तारको कामलाई तीव्र पारेसँगै बजार क्षेत्रमा रहेका सहायक मार्गहरुको मापदण्ड ११ मिटर  कायम गरी सडक विस्तार सुरु गरेको छ ।

सन्धिखर्क नगरपालिका  क्षेत्राधिकारभित्र पर्ने संरचना हटाउन समेत नगरपालिकाले आग्रह गरेको छ । सन्धिखर्क नगरपालिकाभित्र बजारमा सडक साँघुरो  हुँदा ट्राफिक व्यवस्थापनको साथै व्यापारीहरुलाई समेत मर्का  परेपछि नयाँ सडक विस्तारको काम अगाडि बढाएको नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले बताए । नगरपालिकाले सन्धिखर्क मिडिया चोक तल्लो गुन्टिखोला हुँदै चुत्राबेस जोड्ने पुल साथि होटलसम्मको सडक ११ मिटर कायम गरी त्यहाँ रहेका सडकको मापदण्डमा पर्ने  संरचनाहरु हटाउन ७ दिनको समय दिएर आग्रह गरेको नगरप्रमुख श्रेष्ठको भनाइ छ ।

सडक स्तरोन्नती योजना अन्तर्गत सन्धिखर्क नगरपालिकाको वडा नम्बर १ मिडिया चोकभन्दा तल तल्लो गुन्टिखोला हुँदै साथी होटल तथा बजारका साघुँरा  सडकहरु स्थानीय सरकारको क्षेत्राधिकारभित्र सेन्टर लाइनबाट ५.५ मिटरमा पर्ने सडकको क्षेत्राधिकारभित्र पर्ने घर, टहरा, गोठ लगायतका संरचना सात दिनभित्र हटाउन  अनुरोध गरेको सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसाले बताए ।

सात दिनभित्र नहटाए नियमानुसार भइ जाने सूचना टोल सुधार समितिमार्फत दिएको छ । स्वयंमले नहटाए नगरपालिकाले हटाउनुपर्ने भएमा लाग्ने खर्च स्वयम् जग्गा धनिले नै व्यहोर्नुपर्ने प्रमुख प्रशासकीय अधिकृत  भुसालले बताए ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ (२) को खण्ड (क) ले सार्वजनिक ऐलानी र पर्ती जग्गा, सार्वजनिक भवन, सम्पदा तथा भौतिक पूर्वाधारको संरक्षण र सुरक्षा गर्ने कर्तव्य स्थानीय तहलाई तोकिएकोले नगरपालिकाको कार्यालय सार्वजनिक तथा सामुदायिक सम्पत्ति बनाइएको संरचना हटाउन समेत  आग्रह गरेको  नगरप्रमुख श्रेष्ठको दाबी छ  ।

नगर क्षेत्रमा सार्वजनिक सम्पत्ति अतिक्रमण गरेर संरचनाहरु बनाइएको भए त्यस्ता संरचनाहरु हटाउन नगरपालिकाको कार्यालयले  अल्टिमेटम दिएको हो ।

‘सार्वजनिक सम्पत्ति अतिक्रमण गरेर बनाइएका संरचनाहरु आफैँ हटाउनका लागि हामीले भनेका छौं’ श्रेष्ठले भने, ‘यदि समयावधीभित्र संरचना हटाइएन भने नगरपालिकाको कार्यालयले कानुन बमोजिम कारबाही प्रक्रिया अघि बढाउँछ ।’

कार्यालय कानुन बमोजिम कारबाही प्रक्रिया अघि बढाउँदा हानी नोक्सानी बापतको क्षतिपूर्ति समेत सम्बिन्धित पक्षलाई कानुन बमोजिम भराइने उनले बताए ।

नगरपालिकाले यसअघि सन्धिखर्कका व्यापार गर्ने व्यापारीलाई समेत आफ्नो पेटि बाहिर सामान नराख्न निर्देशन दिँदै आएको थियो ।

सार्वजनिक सम्पत्ति अतिक्रमण गरी बनाइएको वा बनाउँदै गरेको देखिएमा नगरपालिको कार्यालयलाई जानकारी गराउन समेत कार्यालयले आग्रह गरेको छ । यसैको छलफलका लागि नगरपालिकाले सन्धिखर्क नगरपालिका गुन्टेखोला निवासी स्थानीय टोल सुधार समितिका पदाधिकारी घरधनी सरोकारवाला वडाका जनप्रतिनिधिलाई नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठको कार्यकक्षमा छलफलका लागि बोलाएर छलफल गरेको नगरपालिकाका उपप्रमुख मिश्रा आचार्यले जानकारी दिइन् ।

छलफलमा नेपाली कांग्रेस अर्घाखाँचीका सभापति केशव श्रेष्ठ, सन्धिखर्क नगरपालिका वडा नम्बर १ का अध्यक्ष माधव श्रेष्ठ, जनप्रतिनिधि बाबुराम पन्थी लगायत सरोकारवालाको उपस्थिति रहेको थियोे ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise