२०८३ असोज २२ गते बिहिवार / Oct 08 , 2026 , Thursday
२०८३ असोज २२ गते बिहिवार

‘रोल्पा र प्यूठानका सडकहरुको काम तीव्र गतिमा गरेका छौं’

Nada
सूर्यप्रसाद भुसाल
२०८१ मंसिर ५ गते १९:३४
Shares
‘रोल्पा र प्यूठानका सडकहरुको काम तीव्र गतिमा गरेका छौं’

अर्घाखाँची : सडक डिभिजन कार्यालय प्यूठानले रोल्पा र प्यूठान जिल्लाभित्र पर्ने प्रमुख राजमार्गहरुको मर्मत सम्भार, स्तरोन्नती तथा पूल निर्माण गर्ने कार्य द्रुर्त गतिमा अगाडि बढाएको छ ।

ncell

चालु आर्थिक वर्ष २०८१/०८२ मा डिभिजन कार्यालयको वार्षिक कार्यक्रममा अन्तर्गत ७० करोड बजेट राजमार्गको मर्मत सम्भार, पहिरो नियन्त्रण, पूल निर्माण तथा वैकल्पिक सहायक राजमार्ग स्तरोन्नती लागि बजेट कार्यान्वयन गरिएको डिभिजन प्रमुख विसुनदास लामाले जानकारी दिए । डिभिजनले  प्रमुख सडकमार्गहरु गनाहा चकचके लिवाङ सडक, चकचके खलंगा चुजाठाँटी सडक, भींग्री स्वर्गद्वारी हलेरी सडकको स्तरोन्नती तथा मर्मत सम्भार दु्रत गतिमा अगाडि बढाएको हो । त्यसैगरी वैकल्पिक सहायक राजमार्गहरुमध्ये रोल्पा तथा प्यूठान जिल्लाका लागि विनियोजन भएको करिव २५ करोड बजेटकोबाट २५ वटा  योजनाहरुको निर्माण तथा स्तरोन्नती गर्ने काम  ठेक्का प्रकृया पूरा गरी निर्माण कार्य अगाडि बढेसँगै स्थानीयबासी हर्षित भएका छन् । अहिले पनि सडकहरुको  निर्माण कार्य यसै आर्थिक वर्षमा सम्पन्न गर्ने गरी निरन्तर चलिरहेको डिभिजन कार्यालयका सूचना अधिकारी कमल पुनले बताए ।

प्यूठान जिल्लाभित्र रहेको गनाहा, चकचके सडक अन्तर्गत पर्ने गर्जेनी तथा जामुने भीरमा वर्षेनी वर्षायाममा पहिरी तथा लेदो भगेर रोल्पा, प्यूठानदेखि यात्रा गर्ने यात्रीहरुलाई सास्ती दिएको प्यूठानबासीले गुनासो गर्दै आएका छन् । यस वर्ष यी दुई प्रमुख भीरको पहिरो रोकथाम गर्न सडक डिभिजन प्यूठानले  १० करोडको ठेक्का लगाइ काम शुरु गरेको सूचना अधिकारी पुनले दाबी गरे । पहिरो नियन्त्रणको बजेट विनियोजन पूर्व, सडक विभागबाट समेत उपमहानिर्देशक स्थलगत अनुगमन  गर्न आएका थिए ।  

यस आर्थिक वर्षमा यात्रीहरुलाई सास्ती महसुस  नहुनेगरी मुख्य दुई स्थान गर्जेनी र जामुनेको आधुनिक प्रविधि एन्करिङ, सोइल, नेलिङ गरेर पहिरो नियन्त्रणको कार्यलाई सम्पन्न गर्ने लक्ष्य रहेको सडक डिभिजन प्रमुख लामाले  बताए । विगतमा अर्घखााँची, कपिलवस्तु जिल्लामा यस्तै प्रकृतिक काम गरेका लामा अनुभवी प्रमुख मानिन्छन् । साथै, लामो समयदेखि रुग्न रहेका प्यूठान जिल्लाभित्र रहेका पूलहरु सम्पन्न गर्न निर्माण व्यवसायीलाई पटक–पटक ताकेता गरिएको लामाले दाबी गरे । सडकको काम नगर्ने व्यवसायीलाई कालो सूचीमा हाल्ने तयारी भएको उनले बताए । लामाले भने,‘हामिले पटक–पटक जिल्ला समन्वय समितिको कार्यालयमा  बैठक राखेर छलफल गरेका छौं । काम नगर्नेलाई कालो सूचीमा राखेर कारबाही  गर्छौं ।’ अब सडकका योजनाहरुले निर्माणको गति लिने र आयोजनाहरु समयमा नै सम्पन्न गरिने प्रमुख लामाले बताए ।

सम्बन्धित खबर