२०८३ असोज २२ गते बिहिवार / Oct 08 , 2026 , Thursday
२०८३ असोज २२ गते बिहिवार

'गुणस्तरीय शिक्षाका लागि नगरपालिकाले आफ्नै पाठ्यक्रम तयार गर्छ'

Nada
सूर्यप्रसाद भुसाल
२०८१ मंसिर ५ गते २०:२७
Shares
'गुणस्तरीय शिक्षाका लागि नगरपालिकाले आफ्नै पाठ्यक्रम तयार गर्छ'

सन्धिखर्क : सन्धिखर्क नगरपालिका–८ किमडाँडामा रहेको जनता कृष्ण माध्यमिक विद्यालयको ६५ औ वार्षिकोत्सव तथा अभिभावक भेला सम्पन्न भएको छ ।
वार्षिकोत्सव तथा अभिभावक भेलाको उद्घाटन सन्धिखर्क नगरपालिका प्रमुख कृष्णप्रसाद श्रेष्ठले गरे । त्यस अवसरमा उनले नगरपालिका भित्र गुणस्तरीय शिक्षाका लागि नगरपालिकाले आफ्नै पाठ्यक्रम तयार गर्न लागेको जानकारी दिए ।

ncell

नगरप्रमुख श्रेष्ठले विद्यालयले गरेको शैक्षिक प्रगतिको प्रशंसा गरे । उनले यो विद्यालय नगर क्षेत्रकै उत्कृष्ट भएको उल्लेख गर्दै यसले लाखौं विद्यार्थीहरूको उज्जवल भविष्यकालागि नगरकै पहिचान बनाएको बताए ।

नगरप्रमुख श्रेष्ठले सामाजिक, आर्थिक, भौतिक र नैतिक जस्ता सर्वाङ्गिण विकासका लागि दत्तचित्त भएर लाग्न र शुक्रवार अतिरिक्त क्रियाकलाप, खेलकुद, शैक्षिक भ्रमण जस्ता कार्यक्रममा राख्न आग्रह गरे ।

कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख मणिराम पराजुली, सन्धिखर्क–८ का वडा अध्यक्ष हुमप्रसाद बञ्जाडे, पूर्व प्रधानाध्यापक नारायणप्रसाद पौडेल,वुद्धिजिवी दोर्णप्रसाद भुसाल, नुवाकोट माविका शिक्षक बोमबहादुर खत्री, पत्रकार अर्जुन भुसाल, समाजसेवी राज भुसालले विद्यालयको विषयमा विचार राखेका थिए । 

त्यसअवसरमा विद्यालयका प्रधानाध्यापक यमप्रसाद शर्माले शैक्षिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा विद्यालयका पूर्व शिक्षकहरू तारकबहादुर रायमाझी, गोपाल पौडेल, हुमप्रसाद भुसाल र विद्यालयमा गेट निर्माण गरिदिने सावित्रा शर्मालाई सम्मान गरिएको थियो ।

यसैगरी, कक्षा १ देखि १२ सम्म प्रथम, द्वितीय र तृतीय हुने तथा एसईईमा उत्कृष्ट नतिजा ल्याउने, गरिब तथा अनुशासित एवं अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुनेलाई पुरस्कार वितरण गरिएको थियो । 

सम्बन्धित खबर