२०८१ मंसिर ६ गते बिहिवार / Nov 21 , 2024 , Thursday
२०८१ मंसिर ६ गते बिहिवार

बीवाईडीले मनायो ३०औं वार्षिकोत्सव, १० लाखलाई दियो रोजगारी

ADV
मध्यान्ह
२०८१ मंसिर ५ गते २०:५४
बीवाईडीले मनायो ३०औं वार्षिकोत्सव, १० लाखलाई दियो रोजगारी

काठमाडौं : बीवाईडीले ३०औं वार्षिकोत्सवको अवसरमा आफ्नो करोडौँ एनईभी गाडी सियाओमो उत्पादन केन्द्रको शेन्जेन–शानवेई विशेष क्षेत्रमा उत्पादन गरी ऐतिहासिक उपलब्धि हासिल गरेको छ । यो उपलब्धिले दिगो यातायातप्रतिको बीवाईडीको दृढ प्रतिबद्धता र अटोमोबाइल उद्योगमा विश्वव्यापी लीडरको रूपमा यसको स्थानलाई अझ बलियो बनाएको बीवाईडीले जनाएको छ । 

बीवाईडीका सभापति एवं अध्यक्ष वाब चुआनफुले २० जना कर्मचारीसहित सानो स्टार्टअपबाट सुरु भएको कम्पनीमा अहिले लगभग १० लाख कर्मचारी भएका बहुराष्ट्रिय कम्पनी भएको बताए । वाबले प्राविधिक इनोभेसनप्रतिको प्रतिबद्धता र यातायातको भविष्यलाई रूपान्तरण गर्न बीवाईडीको महत्वपूर्ण भूमिका रहेको बताए । 

१ करोड नयाँ उर्जा सवारीसाधन उत्पादनको उपलब्धि बीवाईडीको दिगो विकासप्रतिको दृढ प्रतिबद्धता रहेको जनाएको छ । यस उपलब्धिलाई हासिल गर्ने बीवाईडी विश्वकै पहिलो अटोमोबाइल कम्पनी बनेको छ । कम्पनीले पहिलो ५० लाख एनईभी उत्पादन गर्न १५ वर्ष लगाएको तर, त्यसपछिको अर्को ५० लाख उत्पादन मात्र १५ महिनामै गरी नयाँ उर्जा सवारीसाधन एनईभी र प्राविधिक प्रगतिमा केन्द्रित रणनीतिक सफलताको उदाहरण उल्लेखनीय रूपमा प्रस्तुत गरेको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise