२०८१ मंसिर ६ गते बिहिवार / Nov 21 , 2024 , Thursday
२०८१ मंसिर ६ गते बिहिवार

हिमालय सेक्युरिटिज बैंकरको प्रथम वार्षिक साधारणसभा सम्पन्न

ADV
मध्यान्ह
२०८१ मंसिर ५ गते २१:०८
हिमालय सेक्युरिटिज बैंकरको प्रथम वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं : हिमालय सेक्युरिटिज बैंकर लिमिटेडको प्रथम वार्षिक साधारणसभा बुधबार सम्पन्न भएको छ । सञ्चालक समितिका अध्यक्ष दीपक कुमार श्रेष्ठको सभापतित्व साधारणसभा सम्पन्न गरिएको हो । 

साधारणसभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आव ०८०/८१ को वित्तीय लेखापरीक्षण प्रतिवेदन, सञ्चालकहरूको नियुक्ती तथा प्रवन्धपत्र र नियमावलीमा संशोधनहरू निर्णयसहित पारित गरेको छ । कम्पनीको अध्यक्षमा दीपककुमार श्रेष्ठ, संचालकतर्फ सिताराम वाग्ले र आकांक्षा गुप्तालाई पूनर्नियुक्ति गरेको छ । 

यस्तै स्वतन्त्र संचालकतर्फ बद्री सिग्देल तथा दिनेशकुमार लालको पनि नियुक्ति गरेको छ । कम्पनीले मुख्यगरी धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन र संस्थागत परामर्श सेवा प्रवाह गर्दै आएकोमा आगामी वर्ष कम्पनीले धितोपत्र व्यवसायसँग सम्बन्धित सम्पूर्ण सेवाहरू प्रदान गर्दै अग्रणी संस्था बन्ने लक्ष्य तथा योजना रहेको कम्पनी प्रमुख कार्यकारी अधिकृत सुभाषबहादुर श्रेष्ठले बताए । 

ADVADV

सम्बन्धित खबर

Advertise