२०८१ मंसिर ६ गते बिहिवार / Nov 21 , 2024 , Thursday
२०८१ मंसिर ६ गते बिहिवार

नेप्से परिसूचक ३१ अंकले घट्दा १९७ कम्पनीको शेयर मूल्यमा गिरावट

ADV
मध्यान्ह
२०८१ मंसिर ६ गते १५:२७
नेप्से परिसूचक ३१ अंकले घट्दा १९७ कम्पनीको शेयर मूल्यमा गिरावट

काठमाडौंः साताको अन्तिम कारोबारको दिन बिहीबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । आज शेयर बजार ३१ दशलमव ३१ अंकले घटेर २ हजार ६८० को विन्दुमा कायम भएको छ । आज ४३ कम्पनीको मूल्य बढेको छ भने १९७ कम्पनीको मूल्य घटेको छ । ४ कम्पनीको मूल्य स्थिर छ । 

योसँगै आज जानकी फाइनान्सको मूल्यमा पनि भारी गिरावट आएको छ । यस कम्पनीको मूल्य आज १० प्रतिशतले घटेको छ । आज मूल्य सबैभन्दा बढी बढ्नेमा भने सामुदायिक लघुवित्त वित्तीय संस्था र थ्रि स्टार हाइड्रो कम्पनी रहेको छ । यी २ कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ । 

यस्तै आज ३१४ कम्पनीको १ करोड ८४ लाख ७४ हजार २४ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब २५ करोड ७६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल फाइनान्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २५ करोड २४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । साथै ङादी ग्रुप पावरको २३ करोड ३३ लाख रुपैयाँ र रसुवागढी हाइड्रोको १९ करोड ९७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise