२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

धादिङको गजुरी र धार्केमा सिटिजन्स बैंकको नयाँ शाखा विस्तार 

ADV
मध्यान्ह
२०८१ असार ५ गते १६:४७
धादिङको गजुरी र धार्केमा सिटिजन्स बैंकको नयाँ शाखा विस्तार 

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले दुई नयाँ शाखा विस्तार गरेको छ । बैंकले आफ्नो १९१औँ र १९२औँ शाखा धादिङको गजुरी र धार्केमा विस्तार गरेको हो । 

बैंकले नयाँ शाखासँगै बागमती प्रदेशमा सञ्चालनमा रहेका शाखाहरू ५४ पुगेका छन् । गजुरी र धार्केमा बुधवार आयोजित एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले नयाँ शाखाहरूको शुभारम्भ गरेका हुन । 

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत पोखरेलले ग्राहकहरूलाई उत्कृष्ट सेवा सुविधा पुर्‍याउने क्रममा हामी धादिङ बासीहरूको सेवामा आइपुगेको र आगामी दिनमा सुशासनलाई ध्यानमा राख्दै अझ उच्चस्तरीय ग्राहक सेवामा समर्पित रहने कुरा व्यक्त गरे । 

नयाँ शाखा सञ्चालनको अवसरमा यी शाखाहरूमा खाता खोल्दा कर्पोरेट मोबाइल बैंकिङ्ग र इन्टरनेट बैंकिङ्ग जस्ता सेवाहरू पहिलो वर्ष निःशुल्क प्राप्त गर्न सकिनेछ । साथै डिम्याट खाता खोल्दा लाग्ने शुल्कमा पहिलो वर्षको लागि छुटको व्यवस्था रहेको छ । 

धादिङ गजुरीमा आफ्नो नयाँ शाखाको शुभारम्भ भएको दिनमा नै बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत गजुरी ०१, आधामारा धादिङमा अवस्थित पत्तालिनी आधारभूत विद्यालयलाई कम्प्युटर सेट र प्रिन्टर उपलब्ध गराएको छ ।   

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise