२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीहरू पक्राउ

shivam cement
२०८१ मंसिर ६ गते १७:४७
Shares
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीहरू पक्राउ

काठमाडौंः बैंकिङ कसुर मुद्दाका फरार ३ जना प्रतिवादीहरूलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा म्याग्दी बेनी नगरपालिका–९ ठेगाना भएकी ३९ वर्षीया बिष्णुमाया केसी, काठमाडौं महानगरपालिका–१५ ठेगाना भएका ५६ वर्षीय बालकृष्ण महर्जन र भक्तपुर, भक्तपुर नगरपालिका–७ बस्ने ५२ वर्षीय राजेन्द्र तुई तुई रहेका छन् । 

पक्राउ पर्नेमध्ये विष्णुमायाले पीडितलाई १ करोड ५० लाख रूपैयाँ बराबरको चेक दिइ खातामा पर्याप्त रकम मौज्दात नभइ वाउन्स भइ काठमाडौं जिल्ला अदालतबाट बैंकिङ कसुर मुद्दामा पक्राउ अनुमती प्राप्त भइ फरार रहेकी उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान शाखा कार्यालय बौद्धबाट खटिएको प्रहरीले काठमाडौं बौद्धबाट पक्राउ गरेको हो । उनलाई आवश्‍यक कारवाहीको लागि प्रहरी वृत्त बौद्ध काठमाडौंमा पठाइएको छ ।

यसैगरी बालकृष्ण महर्जन भएको बैकिङ कसुर मुद्दामा उच्च अदालत पाटन ललितपुरबाट २०८० जेठ २९ गतेको फैसलाले ५ दिन कैद, बिगो १६ लाख रूपैयाँ जरीवाना र ६४ हजार रूपैयाँ क्षतिपुर्ति बापत पीडित राहतकोषमा जम्मा गराउने ठहर भइ फरार रहेका महर्जनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं स्वयम्भुबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि ललितपुर जिल्ला अदालत लगनखेलमा पठाइएको छ ।

यसैगरी जिल्ला अदालत काठमाडौं बबरमहलबाट बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी भइ फरार रहेका तुई तुईलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले भक्तपुर नगरपालिका–७ बाट पक्राउ गरेको  हो । उनलाई आवश्यक कारवाहीको लागि प्रहरी वृत्त महाराजगंज काठमाडौं पठाइएको छ 

सम्बन्धित खबर