वीरगन्ज : वीरगन्जस्थित आदर्शनगर रंगशालामा जारी कार्पोरेट सुपर सिक्स क्रिकेट प्रतियोगितामा ओम्नी ग्रुप विजयी भएको छ । बिहीबार आदर्शनगर रंगशालामा भएको खेलमा ओम्नी ग्रुफे गरिमा बिकास बैंकलाई ३७ रनले पराजित गरेको हो ।
ओम्नी ग्रुपले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित ६ ओभरमा ७३ रनको योगफल तयार पारेको थियो । ७४ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको गरिमा विकास बैंक ३६ रनमै अलआउट भएपछि ओम्नी ग्रुप ३७ रनले विजयी भयो । खेलको म्यान अफ दि म्याच २८ रन बनाएका ओम्नी ग्रुपका रिकेश यादव घोषित भए ।
प्रतियोगिता लायन्स क्लब अफ वीरगन्ज परिवार एवम् स्पोटर्स एकेडेमीको संयुक्त आयोजनामा भएको लायन्स क्लब अफ वीरगन्ज परिवारका नरोतम पाण्डेले जानकारी दिए । प्रतियोगितामा वीरगन्जका वाणिज्य बैंक, बीमा कम्पनी, विकास बैंक तथा औद्योगिक प्रतिष्ठान गरी १६ वटा टिम सहभागी रहको आयोजकले जनाएको छ ।