काठमाडौं : समृद्धि फाइनान्स कम्पनी लिमिटेडको २३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सञ्चालक समितिका अध्यक्ष ठाकुरप्रसाद भट्टराईको अध्यक्षतामा मकवानपुरको हेटौँडामा कम्पनीको साधारणसभा सम्पन्न भएको हो ।
साधारणसभाले सञ्चालक समितिको तर्फबाट प्रस्तुत अघिल्लो आर्थिक वर्षको वार्षिक प्रतिवेदन र चालु आर्थिक वर्षको बजेट पारित गरेको छ । साथै सभाले चालु आर्थिक वर्ष २०८१/८२ लागि बाह्य लेखापरीक्षक नियुक्ति गर्ने एजेन्डा पारित गरेको छ ।
साधारणसभामा अध्यक्ष भट्टराईले सञ्चालक समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उक्त प्रतिवेदनमाथि सहभागी भएका शेयरधनीहरूबाट सल्लाह, सुझाव र जिज्ञासाहरूलाई सञ्चालक समितिका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतले स्पष्ट पारेका थिए । कम्पनीले हाल १३ वटा शाखाहरुमार्फत् कारोबार गर्दै आएको छ ।