२०८१ मंसिर ७ गते शुक्रवार / Nov 22 , 2024 , Friday
२०८१ मंसिर ७ गते शुक्रवार

अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने

ADV
मध्यान्ह
२०८१ मंसिर ६ गते २०:५२
अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने

काठमाडौं : अब एनसेलका ग्राहकहरूले एक नयाँ विशेष सुविधा पाउने भएका छन् । यो सुविधा अन्तर्गत ग्राहकहरूले आफ्नो सधैँ अन प्याकमा बाँकी भ्वाइस सेवालाई डेटासँग वा डेटा सेवालाई भ्वाइससँग आफ्नो आवश्यकताअनुसार साटेर सेवाको फाइदा लिन सक्ने भएका हुन् ।

अहिले सधैँ अन प्याकमा ग्राहकहरूले प्याक अनुसार भ्वाइस, डेटा र एसएमएस बन्डल सेवा पाउने गरेका छन् । सेवा प्रयोग गर्दा डेटा सकियो तर, भ्वाइस बाँकी रहेको खण्डमा ग्राहकले त्यस्तो बाँकी भ्वाइसलाई एनसेल एपमार्फत् साट्न अथवा परिवर्तन गर्न सक्छन् । त्यसैगरी बाँकी डेटालाई पनि भ्वाइसमा रूपान्तरण गर्न सकिने एनसेलले जनाएको छ ।

कम्पनीकाअनुसार सुविधा सधैँ अनका ३९९, ४९९ र ५९९ का प्याकहरूमा मान्य रहेको छ । ग्राहकले आफ्नो एनसेल एपमा ‘एक्सचेन्ज डेटा अर भ्वाइस’मा गई आफूलाई आवश्यक परेको सेवाकाअनुसार प्रयोग हुन बाँकी डेटासँग भ्वाइस वा भ्वाइससँग डेटा साट्न सक्छन् ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise