२०८१ मंसिर ७ गते शुक्रवार / Nov 22 , 2024 , Friday
२०८१ मंसिर ७ गते शुक्रवार

टीभीएस आईक्युब २.२ किलोवाट–आवर भेरिएन्ट सार्वजनिक

ADV
मध्यान्ह
२०८१ मंसिर ६ गते २०:५३
टीभीएस आईक्युब २.२ किलोवाट–आवर भेरिएन्ट सार्वजनिक

काठमाडौं : टीभीएसको इलेक्ट्रिक स्कुटर आईक्यूबको २.२ किलोवाट आवर भेरिएन्ट सार्वजनिक भएको छ । नेपालको लागि टीभीएस मोटरको आधिकारिक वितरक जगदम्बा मोटर्सले आईक्यूबको २.२ किलोवाट आवर भेरिएन्ट सार्वजनिक गरेको हो ।

यससँगै अब नेपालमा टिभिएस आईक्यूबका ३ वटा भेरिएन्टहरू ६ आकर्षक रङमा उपलब्ध हुनेछन् । २.२ किलोवाट आवरको नयाँ भेरिएन्टको सुरुवाती मूल्य २ लाख ९९ हजार ९०० रहेको छ । कम्पनीका अनुसार टीभीएस आईक्यूब पावर अफ चोइस, पूर्ण एसुरेन्स र प्रयोगमा सहजताका सिद्धान्तबाट प्रेरित छ ।

उक्त लन्च कार्यक्रममा टीभीएस मोटर कम्पनीका ईभी इन्टरनेशनल बिजनेसका भाइस प्रेसिडेन्ट मधुप्रकाश सिंहले विश्वभरी ४ लाखभन्दा बढी ग्राहकले टीभीएस आईक्यूब ब्रान्डलाई रोजेको जानकारी दिए । कम्पनीकाअनुसार नयाँ आईक्यूब २.२ किलोवाट आवर भेरिएन्टले सबैभन्दा फास्ट चार्जिङ सुविधा प्रदान गर्छ ।

आईक्युब २.२ किलोवाट आवर भेरिएन्टको बुकिङ बिहीबारदेखि टीभीएस नेपालको वेबसाइटमा तथा काठमाडौंभरका टीभीएसका ४० वटा आधिकारिक डिलरमा उपलब्ध भएको कम्पनीले जनाएको छ । बुधबार एक कार्यक्रमका बीच उक्त इलेक्ट्रिक स्कुटर लन्च गरिएको थियो । सो कार्यक्रममा टिभिएस मोटर कम्पनीका इभी इन्टरनेशनल भाइस प्रेसिडेन्ट मुधप्रकाश सिंहले नेपालमा आईक्यूबको यात्रा निकै फलदायी हुँदै आएको बताए ।

त्यस्तै, जगदम्बा मोटसएका प्रबन्ध निर्देशक शाहिल अग्रवालले टिभिएस आईक्यूब २.२ किलोवाट आवर भेरियन्टको प्रवेशले नेपाली दुई पांग्रे ईभी क्षेत्रमा भएको परिवर्तनमा अझ गति थप्ने बताए । यस्तै उनले टीभीएसले क्यालिटिको मामलामा कम्परमाइज नगर्ने बताए । उनले भने, ‘टीभीएसले क्वालिटीमा कम्प्रोमाइज गर्दैन, कम्पनीले धेरै रिसर्च गरेर मात्र प्रोडक्ट बजारमा ल्याउँछ ।’ कार्यक्रममा कम्पनीले राष्ट्रिय महिला फुटबल टीमका खेलाडीहरूलाई सम्मान पनि गरेका थियो ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise