२०८१ मंसिर ८ गते शनिवार / Nov 23 , 2024 , Saturday
२०८१ मंसिर ८ गते शनिवार

बीवाईडीको ३०औं वार्षिकोत्सवको दिनमा नेपालभर १०० युनिट डेलिभरी

ADV
मध्यान्ह
२०८१ मंसिर ७ गते २१:०४
बीवाईडीको ३०औं वार्षिकोत्सवको दिनमा नेपालभर १०० युनिट डेलिभरी

काठमाडौं : बीवाईडीको लागि नेपालको आधिकारिक बिक्रेता साइमेक्स इन्कले बीवाईडीको ३०औंं वार्षिकोत्सव र १ करोडौं एनईभी विश्वव्यापी उत्पादनको अवसरमा नेपालभर १०० विद्युतीय गाडी डेलिभरी गरेको छ । यसले नेपाललाई दिगो यातायाततर्फ उन्मुख गराउने प्रयासलाई अझ बलियो बनाउँदै विश्वव्यापी अटोमोटिभ इन्डस्ट्रीमा भएको क्रान्तिकारी नेतृत्व र नेपालमा यसको बढ्दो प्रभावलाई झल्काउँछ ।

साइमेक्स इन्कले बीवाईडी अटो ३, बीवाईडी डल्फिन, बीवाईडी सीलजस्ता मोडलहरू प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेलेको छ । यी गाडीहरूमा अत्याधुनिक ब्लेड ब्याट्री प्रविधि, सुरक्षाको उच्चस्तर र उत्कृष्ट प्रदर्शनको कारणले नेपाली ग्राहकहरूको रोजाइमा परेको कम्पनीको दाबी छ ।

विश्वव्यापी रूपमा बीवाईडी १ करोड एनइभी उत्पादन गर्ने पहिलो गाडी निर्मातासमेत बनेको छ । ३० वर्ष पहिले २० कर्मचारीबाट सुरुवात भएको कम्पनी हाल विश्वभर करिव १० लाख कर्मचारी सहितको बहुराष्ट्रिय कम्पनीमा रूपान्तरण भएको छ । बीवाईडीले ५० लाख एनईभी उत्पादन गर्न १५ वर्षको समय लगाएको थियो । तर, अर्को ५० लाख सवारीसाधन उत्पादनको लक्ष्य भने १५ महिनामै हासिल गर्न सफल भएको छ ।

बीवाईडीको स्थापना सन् १९९५ फेब्रुअरीमा भएको थियो । सुरुमा बीवाईडी रिचार्जेबल ब्याट्री उत्पादनमा केन्द्रित थियो । सन् १९९८ मा यो विश्वकै दोस्रो ठूलो ब्याट्री उत्पादक कम्पनी बन्यो । बीवाईडी मोटोरोला र नोकियालाई ब्याट्री उपलब्ध गराउने प्रमुख कम्पनी बन्यो । सन् २००३ मा जियान क्विनचुआन अटोमोटिभलाई प्राप्ति गरेर इन्धनबाट चल्ने सवारीसाधन उत्पादनका साथ बीवाईडी अटोमोटिभ इन्डष्ट्रीमा प्रवेश गरेको थियो ।

ADVADV

सम्बन्धित खबर

Advertise