रौतहट : जेम्स परियोजना आसमान नेपाल गौर रौतहटको आयोजनामा स्वास्थ्य कार्यक्रमका लागि लैंगिक र सामाजिक समावेशी संवेदनशील अभिमुखीकरण कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।
रौतहट र बारा जिल्लामा सञ्चालित कार्यक्रम अन्तर्गत स्थानीय जनप्रतिनिधिको सहभागितामा रौतहटको गौर नगरपालिका अवस्थित सियापैलेसमा तीन दिने कार्यशाला गोष्ठी सम्पन्न भएको हो ।
आसमान नेपाल रौतहटका कार्यक्रम संयोजक संजय कुमार यादव र बारा जिल्लाका प्रीति थापाको सक्रियतामा सहभागी प्रतिनिधिहरुलाई आसमान नेपालको केन्द्रीय कार्यालय काठमाडौंका कार्यक्रम प्रबन्धक शम्भु जंग राणाले लैंगिक र सामाजिक समावेशी संवेदनशील बजेटको अभिमुखीकरणको विषयमा प्रकाश पारेका थिए ।
कार्यक्रममा गौर नगरपालिकाकी स्वास्थ्य सहजकर्ता मन्जु रजक, गढीमाई नगरपालिकाका सुरज साहनी, सामुदायिक सिकाई अध्ययन केन्द्रकी चान्द कुमारी र बारा जिल्ला कलैया उपमहानगरपालिकाका स्वास्थ्य सहजकर्ता अमरेश प्रसाद यादव, जितपुर सिमरा उपमहानगरपालिकाकी नित्या कुमारी चौधरी, राष्ट्रिय स्वयंसेवक अनिता पौडेल बारा र भिसओ रौतहटकी आरती पटें, सामुदायिक सिकाई अध्ययन केन्द्रकी निशा ठाकुर लगायतले सक्रिय भूमिका निर्वाह गरेको कार्यालय सहयोगी अजित कुमार यादवले बताए ।