२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

पेट्रोल र डिजेलको मूल्य घट्यो

ADV
मध्यान्ह
२०८१ जेठ १८ गते २१:१४
पेट्रोल र डिजेलको मूल्य घट्यो

काठमाडौं : पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटेको छ । नेपाल आयल निगमले  शनिबारदेखि लागू हुनेगरी निगमले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ घटाएको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँ घटाएको हो । 

नयाँ मूल्य अनुसार अब पेट्रोल पहिलो वर्गमा प्रतिलिटर १ सय ६५ रुपैयाँ ५० पैसा पर्ने छ । यस्तै, दोस्रो वर्गमा १ सय ६७ र तेस्रो वर्गमा १ सय ६८ रुपैयाँमा पर्ने छ । डिजेल र मट्टितेल पहिलो वर्गमा १ सय ५० रुपैयाँ ५० पैसामा पर्ने छ भने दोस्रो १५२ र तेस्रो १५३ रुपैयाँ पर्ने छ ।

हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत रहेको छ । सरकारले बजेटमार्फत पेट्रोलियम पदार्थमा प्रतिलिटर १ रुपैयाँ हरित कर लगाएको भएपनि भारतबाट मूल्य घटेर आएपछि निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise