२०८२ चैत १५ गते आइतवार / Mar 29 , 2026 , Sunday
२०८२ चैत १५ गते आइतवार
Ads

गढीमाई-८ र राजपुर-६ मा रास्वपाले पाएन उम्मेदवार

himalayanlife
सत्येन्द्र प्रताप सिंह
२०८१ मंसिर ८ गते १३:३०
Shares
गढीमाई-८ र राजपुर-६ मा रास्वपाले पाएन उम्मेदवार

रौतहट : जनता सबै आफ्नो पक्षमा रहेको दाबी गर्दै आएको राष्ट्रिय स्वातन्त्र पार्टीले रौतहटको गढीमाई नगरपालिका वडा नं. ८ र राजपुर नगरपालिका वडा नं. ६ मा वडा अध्यक्ष पदको लागि उम्मेदवार उठाउन सकेन । 

देशैभरि हुने स्थानीय तहको उप निर्वाचनमा उम्मेदवार उठाउने रास्वपाको निर्णय भएको भए पनि यी दुई वडामा उम्मेदवार नभेटाएपछि वडा अध्यक्ष पदमा उम्मेदवारी नदिएको हो ।  

इशनाथ नगरपालिका वडा नं. ७ मा भने शेख असराजलाई उम्मेदवार बनाएको छ । यता प्रभु साह नेतृत्वको आजपाले रौतहटको ३ वटै वडामा उम्मेदवार पाउन नसकेको स्थानीय बासिन्दा बताउँछन् । 

यसैगरी नेकपा माओबादीले पनि गढीमाई नगरपालिका वडा नं. ८ मा उम्मेदवार नभेटाएको कारण वडा अध्यक्षमा उमेदवारी दर्ता नगरेको स्थानीयले बताएका छन् । नेकपा माओबादीले इशनाथ-७ मा शेख अमिरुल र राजपुर-६ मा जिकिरुल्लाहले उम्मेदवारी दिएका छन् ।

आउँदो मंसिर १६ गते हुने उप निर्वाचनमा रौतहटको ३ वटा वडामा अध्यक्ष पदको लागि ४५ जनाले उम्मेदवारी दर्ता गरेका छन् । रौतहटको गढीमाई नगरपालिका वड नं. ८ को वडा अध्यक्ष पदमा १६ जना, राजपुर नगरपालिका वडा नं. ६ मा १४ जना र इशनाथ नगरपालिका वडा नं. ७ मा १५ जनाले वडा अध्यक्ष पदको लागि उम्मेदवारी दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय रौतहटका प्रमुख छोटेलाल दासले जानकारी दिए ।

गढीमाई-८ मा नेकपा एमालेको तर्फबाट यस अघिका वडा अध्यक्ष रामज्ञा यादवकी श्रीमती जिउती देबी, नेपाली कांग्रेसको तर्फबाट सुबोध कुमार यादब, जनमत पार्टीको तर्फबाट सुरेन्द्र प्रसाद कुर्मी, जसपा नेपालको तर्फबाट सन्देश प्रसाद यादब, नेकपा एसको तर्फबाट बजरंगी प्रसाद यादब, राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट रामबालक साह लगायत १६ जनाले वडा अध्यक्ष पदमा उमेदवारी दिएको कार्यालय प्रमुख दासले बताए। 

नेकपा माओबादी केन्द्र र रास्वपाले भने यस वडामा उम्मेदवारी दिएका छैनन् । यस्तै इशनाथ-७ मा नेकपा एमालेको तर्फबाट शेख अनबर, नेपाली कांग्रेसको तर्फबा शेख अब्दुल खलिक, रास्वपाबाट शेख असराज, नेकपा माओबादी केन्द्रबाट शेख अमिरुल, जनमत पार्टीबाट शेख अमिरुल हक, जसपा नेपालबाट शेख अब्दुल अहद, राप्रपाबाट मदन साह, नेकपा एसबाट सदरे आलम लगायत १५ जनाले वडा अध्यक्ष पदमा उमेदवारी दर्ता गराएको उनले जानकारी दिए ।

त्यस्तै राजपुर-६ मा एमालेको तर्फबाट मोहमद नसिम अख्तर, जसपाबाट शेख जाजुल हक, जनमतबाट क्यामुदिन धुनिया, माओबादी केन्द्रबाट जिकरुलाह, राप्रपाबाट राम नारायण प्रसाद जयसवाल, नेपाली कांग्रेसको तर्फबाट समसे आलम लगायत १४ जनाले वडा अध्यक्षमा उम्मेदवारी दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय रौतहटका प्रमुख दासले जानकारी दिए । 

शनिवारसम्म उमेदवारमाथि दाबी बिरोध गर्ने कार्यक्रम रहेको र अहिलेसम्म कसैमाथि पनि दाबी बिरोध नपरेको कार्यालय प्रमुख छोटेलाल दासले बताए ।

सम्बन्धित खबर