२०८१ चैत २० गते बुधवार / Apr 02 , 2025 , Wednesday
२०८१ चैत २० गते बुधवार
Ads

सन्धिखर्कमा उपभोक्ता समितिका पदाधिकारीलाई तालिम

draupadi film
सुर्य प्रसाद भुसाल
२०८१ मंसिर ८ गते २१:१४
सन्धिखर्कमा उपभोक्ता समितिका पदाधिकारीलाई तालिम

अर्घाखाँची : सन्धिखर्क नगरपालिकाले उपभोक्ता समितिका पदाधिकारीहरुलाई योजनाहरुको कार्यान्वयन र ती योजना सञ्चालन सम्बन्धी एक दिने अभिमुखीकरण तालिम दिएको छ ।

तालिममा नगरपालिकाबाट विनियोजित बजेट, नगर  योजनाहरुको स्टमेट गुणस्तरीय काम गरेर समयमै पारदर्शी रुपमा निर्माण कार्य सम्पन्न गर्नका लागि अभिमुखीकरण कार्यक्रमले सहयोग पुग्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले बताए । नगरपालिकाको वडा नम्बर ६ र ७ का टोल विकास समिति अध्यक्षहरु, सबै उपभोक्ता समितिका अध्यक्ष, सचिव र कोषाध्यक्ष लगायत पदाधिकारीहरुलाई अभिमुखीकरण तालिम प्रदान  गरिएको भुसालले बताए । 

उपभोक्ता समितिमार्फत सम्पन्न हुने नगरपालिका  योजनालाई विश्वसनीय र पादरर्शी बनाउन वडामा पुगेर  उपभोक्ताहरुलाई  तालिम तथा अभिमुखीकरण सञ्चालन गरिएको नगरपालिकाका योजना अधिकृत  दिलिप  कुमार केसीले बताए ।

योजनाहरूको प्रभावकारी कार्यान्वयनका लागि उपभोक्ता समितिहरूलाई नीतिगत र प्राविधिक दुबै पक्षमा विशेष अभिमुखीकरण गराइएको केसीको भनाई छ । योजना सम्झौताका लागि आवश्यक पर्ने कागजातहरु, उपभोक्ता समितिको काम कर्तव्य र अधिकार, उपभोक्ता समितिले समाजमा खेल्नुपर्ने भूमिका कार्य सम्पादन विकास गर्दा ध्यान दिनुपर्ने कामको विवरण, दोहोरो हाजिरी फारम भर्ने तरिका, काम सम्पन्न गरेपछि फरफारक गर्दा भोर्नुपर्ने विवरण, सचेत उपभोक्ताले जिम्मेवारी योजनाको समय  अवधि, लागत र उपभोक्ताको योगदान, जनश्रमदान त्यसको महत्व सुशासन पारदर्शिता भ्रष्टाचार न्यूनीकरण विकास  निर्माण सामग्रीको गुणस्तर र परिमाण खरिद लगायतका विषययमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले प्रशिक्षण दिएका थिए ।

यस्तै रकम निकासा प्रकृया, खर्चको लेखाकंन र अभिलेख व्यवस्थापन, योजना कार्यान्यन र अनुगमन प्रकृया, सार्वजनिक परीक्षण, योजनाको फरफारक र हस्तान्तरण, उपभोक्ता समितिको खाता सञ्चालन र भुक्तानी प्रकृयाको विषयमा उपभोक्तता समितिका पदाधिकारी एवम् टोल विकास समितिका अध्यक्षहरुलाई नगरपालिकाका योजना अधिकृत दिलिप केसीले प्रशिक्षण दिएका थिए ।

नगरपालिकाका उपप्रमुख तथा नगरअनुगमन समितिका संयोजक  मिश्रा आचार्यको प्रमुख अतिथ्यतामा भएको प्रशिक्षणमा नगरपालिका शाखा अधिकृत मन्जु खनाल, लेखा अधिकृत नवराज गौतम, योजना अधिकृत  दिलिप केसी, सन्धिखर्क नगरपालिका वडा नम्बर ६ का अध्यक्ष श्रीधर महत्रा ७ का अध्यक्ष चुराबहादुर केसी लगायतले अभिमुखीकरण तालिम दिएका थिए  । 

त्यस्तै सन्धिखर्क नगरपालिका वडा नम्बर ११ र १२ को तालिम आइतबार दिन लागिएको प्रशासकीय अधिकृत भुसालले मध्यान्हलाई जानकारी दिए ।

ADV

सम्बन्धित खबर

Advertise