२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

मनकामना केबलकार २७औं वर्षमा प्रवेश

Nada
२०८१ मंसिर ८ गते २१:२८
Shares
मनकामना केबलकार २७औं वर्षमा प्रवेश

काठमाडौं : नेपालकै पहिलो केबलकार, मनकामना केवुलकार २६औँ वर्ष पूरा गरी २७औँ वर्षमा प्रवेश गरेको छ । मनकामनामा शुरूवाती वर्षमा १० लाख यात्रुहरूलाई सेवा दिएको मनकामना केबलबारले अहिले वार्षिक १२ लाख यात्रुलाई सेवा दिँदै आएको जनाएको छ । यस वर्ष १३ लाख ५० हजार यात्रुलाई सेवा दिने लक्ष्य केबलकारले लिएको छ । 

ncell

‘२६ वर्ष पुगिसकेको एनालग प्रविधिको मर्मत सम्भार गर्नुका साथै स्पेयर पार्टस् समेत पाउन कठिनाई हुने स्थितिलाई मध्यनजर गर्दै हामीले यस प्रविधिलाई हालकै नवीनतम् डिजिटल प्रणालीमा स्तरोन्नति गरेका छौं’, मनकामना केबलकारले जनाएको छ ।

मनकामनामा केबलकार हाताभित्र नै सुविधा सम्पन्न रिसोर्ट निर्माण कार्य पनि अन्तिम चरणमा पुगेको छ । यो रिसोर्टमा स्वीमिङ पुल, हेल्थ क्लब, सभा सेमिनार हल र रेष्टुरेन्टको सुविधा हुने कम्पनीले जनाएको छ । रिसोर्ट संचालन आएपछि मनकामना र वरिपरिका क्षेत्रलाई धार्मिक साथै अन्य पर्यटकीय महत्वका साथ गन्तव्य बनाउने हाम्रो लक्ष्य रहने कम्पनीले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर