२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

सिद्धार्थको मोबाइल बैंकिङबाट पेमेन्ट गर्दा क्वाइनको सुविधा

Nada
२०८१ असार ५ गते २१:४९
Shares
सिद्धार्थको मोबाइल बैंकिङबाट पेमेन्ट गर्दा क्वाइनको सुविधा

काठमाडौं : सिद्धार्थ बैंक लिमिटेडले बैंकहरुमा पहिलो पटक नयाँ अभ्यास सुरु गरेको छ । बैंकको एपमार्फत् पेमेन्ट गर्दा क्वाइन फिर्ता पाइने सेवा ल्याएको छ ।

ncell

बैंकले केन्द्रीय कार्यालयमा बुधबार एक कार्यक्रम आयोजना गरी सो सुविधा शुरु भएको जानकारी दिएको हो । बैंकका डेपूटी सीईओ सुरेशराज महर्जनका अनुसार एक सय रुपैयाँको भुक्तानी गर्दा एउटा क्वाइन प्राप्त हुनेछ । यसरी प्राप्त भएको क्वाइन विभिन्न होटेल तथा रेष्टुरामा भुक्तानीका लागि प्रयोग गर्न सकिने महर्जनको भनाइ छ ।

सो सुविधा बैंकका ग्राहकहरुले मात्र पाउनेछन् । बैंकले युवालाई केन्द्रमा राखेर डिजिटल बैंकिङलाई प्राथमिकता दिँदै आएको बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुन्दरप्रसाद कँडेलले बताए ।

ग्राहकको चाहना अनुसारका सुविधाहरु बैंकले थप्दै गएको पनि उनको भनाइ छ । ‘ग्राहकलाई केन्द्रमा राखेर हामीले सुविधाहरु ल्याउने गरेका छौँ, आज ल्याएको सुविधा पनि डिजिटल बैंकिङलाई प्रोत्साहन गर्ने एक हिस्सा हो’, उनले भने, ‘हामी प्रविधिको विकाससँगै अगाडि बढेका छौँ, बैंकका हरेक क्रियाकलाप डिजिटल बेसमा गर्ने प्रयास गरिरहेका छौँ ।’

ताजा खबर

सम्बन्धित खबर