२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

शुक्रा हाउस डाइग्नोस्टिक र प्रभु बैंकबीच छुट सम्झौता

Nada
२०८१ असार ५ गते २१:५०
Shares
शुक्रा हाउस डाइग्नोस्टिक र प्रभु बैंकबीच छुट सम्झौता

काठमाडौं : प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई शुक्रा हाउस डाइग्नोस्टिक एण्ड वेलनेश सेन्टर प्रालिका सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । एक समारोहबिच सेन्टरका तर्फबाट प्रमुख व्यवस्थापक रोजिका प्रधान र बैंकका तर्फबाट बागमती प्रदेश चिफ प्रोभिन्स अफिसर दीपेन्द्र बाबु विष्टले समझदारीमा हस्ताक्षर गरेका हुन् ।

ncell

सम्झौताअनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहकहरु, कार्ड प्रयोगकर्ताहरु, कर्मचारी तथा कर्मचारीका परिवारजनले शुक्रा हाउस डाइग्नोस्टिक एण्ड वेलनेश सेन्टर प्रालिमा उपचार सेवा लिँदा इन–हाउस रुटिन टेस्टमा २५प्रतिशत छुट, इन–हाउस स्पेशलाइजेशनमा २० प्रतिशत छुट, आउटसोर्समा १० प्रतिशत छुट र एक्स–रे, यूएसजी, ईसीजी, ईकोमा १०प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् । छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले प्रभु बैंक लिमिटेडको मान्य डेबिट कार्ड, क्रेडिट कार्ड तथा प्रिभलेज कार्ड मध्ये कुनै एक पेस गर्नुपर्ने जनाइएको छ ।

ताजा खबर

सम्बन्धित खबर