२०८१ चैत २० गते बुधवार / Apr 02 , 2025 , Wednesday
२०८१ चैत २० गते बुधवार
Ads

मेलामा खुलेआम जुवा, प्रहरी मुकदर्शक

draupadi film
सत्येन्द्र प्रताप सिंह
२०८१ मंसिर ९ गते १३:१९
मेलामा खुलेआम जुवा, प्रहरी मुकदर्शक

रौतहट : रौतहटको चन्द्रपुर नगरपालिकास्थित सन्तपुरमा आयोजित कर्तिकेश कुँवर मेला एवम् समाचकेवा महोत्सवमा आयोजक समितिले आयोजना गरेको सन्तपुर मेलामा खुलेआम जुवातास खेलाइएको छ । सन्तपुर बजारस्थित मैदानमा आयोजित मेलामा आयोजककै मिलेमतोमा लाखौं रुपैयाँ हारजित हुनेगरी जुवा खेलाइएको पाइएको हो ।

सार्वजनिक स्थलमा अवैध जुवातास संचालन भइरहँदासमेत मेला स्थलमा खटिएका प्रहरीले बेवास्ता गर्ने गरेको मेला अवलोकनकर्ताहरु बताउँछन् । जुवा खेलाइएको स्थानबाट पटक–पटक आउजाउ गरिरहेका प्रहरीले जुवा खाल नदेखेझैं गर्ने गरेको उनीहरु बताउँछन् ।

लंगुर बुर्जा (डाईस) मेलामा जताततै देखिने गरेका छन् । लाखौं रुपैयाँको हारजित हुनेगरी खेल संचालन गर्दै मेलामा जुवा खेलाउनेलाई पक्राउ गरेर कारबाही गर्नुपर्नेमा रौतहट प्रहरीले सन्तपुर मेलामा भने जुवाको खाल देखे पनि नदेखेझैं गरेको मेला अवलोकनकर्ताहरुको भनाइ छ ।

मेलामा खेलाइएको जुवामा नम्बर भएको फ्लेक्समा पैसा राखिन्छ । खेलाउनेले धेरै पैसा भएको ठाउँमा पारेको जस्तो गरी आफ्नै आसेपासेलाई केही पटक पैसा पारिदिन्छन् । त्यो देखेर लोभिएका सर्वसाधारणले पनि पैसा जुवामा थाप्छन् । थोरै पैसा भएको ठाउँमा पारिदिन्छन् या खेल्नेमध्ये पनि आफ्नो आसेपासेलाई पार्छन् । यो कुरा मेला हेर्न विभिन्न ठाउँबाट आएका सर्वसाधारणलाई पत्तो हुँदैन । एक-दुई पटक आएको धेरै पैसाले लोभिएर उनीहरु जुवा खेल्छन् । अन्ततः भएको सबै पैसा सकेर रित्तो हात फर्कन्छन् ।

आयोजकले सांस्कृतिक, कृषि, पर्यटन प्रवर्द्धन गर्ने हेतुले मेला आयोजना गरिएको बताए पनि मेलामा जुवा खेलाउन लागिएपछि चौतर्फी विरोध भइरहेको छ ।

ADV

सम्बन्धित खबर

Advertise