२०८१ मंसिर ९ गते आइतवार / Nov 24 , 2024 , Sunday
२०८१ मंसिर ९ गते आइतवार

नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट

ADV
मध्यान्ह
२०८१ मंसिर ९ गते १५:४६
नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट

काठमाडौंः यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १३.०३ अंकले घटेर २ हजार ६६७.४० को बिन्दुमा कायम भएको हो ।

आज तीन सय २२ कम्पनीको १ करोड ५२ लाख ७० हजार १९७ कित्ता शेयर ७६ हजार ४१८ पटक खरिदबिक्री हुँदा रु ७ अर्ब ७२ करोड ८८ लाख ६१ हजार २५० को कारोबार भएको छ ।

लगानी समूह ०.०८ र उत्पादन तथा प्रशोधन समूह ०।६८ प्रतिशतले बढेका छन् भने अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा बढी विकास बैंक समूह १.६३ प्रतिशतले घटेको छ । 

बैंकिङ ०.५४, वित्त ०.३७, होटल तथा पर्यटन ०.४९ र जलविद्युत् समूह ०.४१ प्रतिशतले घटेको छ । त्यसैगरी जीवन बीमा ०.५५, लघुवित्त ०.९४, म्युचुअल फण्ड ०.१२, निर्जीवन बीमा ०.१७, व्यापार ०‍.०७ र अन्य समूह ०.७१ प्रतिशतले घटेका छन् ।

थ्रीस्टार हाइड्रोपावर लिमिटेडको शेयर मूल्य आज सबैभन्दा बढी ९.९१ प्रतिशतले बढेको छ । सबैभन्दा बढी घट्नेमा भने सेन्चुरी डिभेञ्चर २०८८ ७.७५ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी रु ६० करोड ८७ लाख ३६ हजार एक सय ५२ बराबरको शेयर किनबेच भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा ङादी पावर लिमिटेडको ७ लाख २० हजार ८१३ कित्ता शेयर किनबेच भएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise