२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

मिरा बायोटेक र नेपाल एसबिआई मर्चेण्ट बैंकिङबीच सम्झौता

ADV
मध्यान्ह
२०८१ असार ५ गते २१:५२
मिरा बायोटेक र नेपाल एसबिआई मर्चेण्ट बैंकिङबीच सम्झौता

काठमाडौं : मिरा बायोटेक प्रालि र नेपाल एसबिआई मर्चेण्ट बैंकिङबीच वित्तीय परामर्श सेवा प्रदान गर्ने सम्झौता भएको छ । बुधबार एक कार्यक्रमबीच मिरा बायोटेकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुशील पौडेल र नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक एवं प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रलले सम्झौतापत्रमा हस्ताक्षर गरे । 

कार्यक्रममा दुवै संस्थाका उच्च पदस्त कर्मचारीहरुको उपस्थिति रहेको थियो । मिरा बायोटेकले डब्लूएचओ मापदण्डबमोजिम औषधी उत्पादन गर्दै आइरहेको छ । साथै, कम्पनीले स्थानीय र विदेशी बजारहरुका लागि औषधीजन्य ठोस खुराक उत्पादन तथा वितरण गर्दै आईरहेको छ । वित्तीय परामर्श अन्तर्गत नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडले वित्तीय संरचना, वित्तीय व्यवस्थापन, व्यावसायिक योजना र संस्थाको संरचना हेरफेर जस्ता सेवाहरु उपलब्ध गराउने छ ।

ADVADV

सम्बन्धित खबर

Advertise