२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

पञ्चकन्या स्टीलले पायो ग्रिन प्रो प्रमाणपत्र

ADV
मध्यान्ह
२०८१ असार ५ गते २१:५३
पञ्चकन्या स्टीलले पायो ग्रिन प्रो प्रमाणपत्र

काठमाडौं : पञ्चकन्या स्टील प्रालिले ५०० एक्सडी र ५५० एक्सडी रिबार (फलामे छड) हरुले प्रतिष्ठित ग्रीन प्रो प्रमाणपत्र प्राप्त गरेको छ । कम्पनीको वातावरणीय स्थिरता र निर्माण क्षेत्रको उत्कृष्टताप्रतिको प्रतिबद्धताका आधारमा सो प्रमाणपत्र प्राप्त गरेको हो ।

कन्फेडेरेसन अफ इन्डियन इण्डष्ट्री सिआइआइ–सोराभजी गोदरेज ग्रीन बिजनेस सेन्टरद्वारा प्रदान गरिएको ग्रीनप्रो प्रमाणपत्रले वातावरणीय प्रदूषणका लागि कडा मापदण्डहरु पूरा गर्ने उत्पादनहरुलाई मान्यता दिन्छ । सो प्रमाणपत्र ग्रहण पश्चात पञ्चकन्या स्टीलको उच्च गुणस्तर र पर्यावरणमैत्री सामग्रीहरु उत्पादन गर्ने प्रतिबद्धतालाई अझ उजागर गरेको कम्पनीले जनाएको छ । 

पञ्चकन्या स्टीलको ५०० एक्सडी र ५५० एक्सडी रिबारहरु भैरहवामा निर्माण हुन्छ । सो प्रमाणपत्रले पञ्चकन्या स्टीलको दिगो निर्माण सामग्रीहरुमा अग्रणीको रुपमा स्थिति अझ बलियो बनाएको छ र यसले नेपालमा हरित क्रान्तिलाई समर्थन गर्ने जनाएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise