२०८१ मंसिर ९ गते आइतवार / Nov 24 , 2024 , Sunday
२०८१ मंसिर ९ गते आइतवार

टाटा ग्रिन ब्याट्रीको पार्टनर मिट सम्पन्न

ADV
मध्यान्ह
२०८१ मंसिर ९ गते २०:४५
टाटा ग्रिन ब्याट्रीको पार्टनर मिट सम्पन्न

काठमाडौं : टाटा ग्रिन ब्याट्रीको च्यानल पार्टनर मिट सम्पन्न भएको छ । टाटा ग्रिन ब्याट्रीको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी अटोकम्प प्रालिले मिट सम्पन्न गरेको हो । च्यानल पार्टनर मिटमा देशभरका १५० डिलरको सहभागिता रहेको थियो । लक्ष्मी ग्रुपका अध्यक्ष गणेशबहादुर श्रेष्ठ तथा टाटा अटोकम्प इन्डियाका मार्केटिङ प्रमुख उत्सव वनर्जीले संयुक्त रूपमा कार्यक्रमको उद्टन गरेका थिए ।

कार्यक्रममा टाटा अटोकम्प इन्डियाका मार्केटिङ प्रमुख वनर्जी तथा एक्सपोर्ट म्यानेजर अनिस सिंहले टाटा ग्रिनको इतिहासका साथै भावी कार्ययोजनाबारे प्रकाश पारेका थिए । त्यस्तै, अटोकम्पका सेल्स प्रमुख उमेश घिमिरेले नेपाली बजारमा रहेको टाटा ग्रिन ब्याट्रीको डिलर नेटवर्क तथा बिक्री योजनाबारे जानकारी दिएका थिए ।

कार्यक्रममा टाटा ग्रिन होम युपिएस र इन्डस्ट्रियल ब्याट्रीसमेत लञ्च गरिएको थियो । नेपाली बजारमा अब ८५० भीए, १००० भीए र १४५० भीएका टाटा ग्रिन स्विच अन होम युपिएस र ७.२, ९ र १२ एएचका इन्ड्रस्ट्रियल ब्याट्रीसमेत उपलब्ध भएका छन् ।

जापनिज ब्याट्री निर्माता कम्पनी जीएस युआसँगको संयुक्त लगानीमा सन् २००५ को अक्टोबरमा टाटा ग्रिन ब्याट्रीको स्थापना भएको थियो । हाल कम्पनीले २.५ देखि २२० एएच रेन्जको ब्याट्री उत्पादन गरिरहेको छ । कम्पनीले वार्षिक रूपमा १४ लाख फोर ह्विलर र २४ लाख, टु ह्विलर सवारी साधनका लागि उत्पादन गर्दै आएको छ । यी उत्पादन नेपाली बजारमा लक्ष्मी अटोकम्पले उपलब्ध गराउँदै आएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise