काठमाडौं : सानिमा बैंक लिमिटेडले काठमाडौंको थलीमा शाखा विस्तार गरेको छ । बैंकले आइतबार काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–५, स्थित थलीमा बैंकिङ सेवा विस्तार गरेको हो ।
उक्त शाखा कार्यालयको उद्घाटन कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्की, ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) तथा बैंकका सञ्चालक लक्ष्मीप्रपन्न निरौला र प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले संयुक्त रूपमा गरेका थिए ।
उद्घाटन समारोहमा, नगर प्रमुख कार्कीले सानिमा बैंकले नगरपालिकाको भवनमा शाखा विस्तार गरेकोमा कृतज्ञता व्यक्त गर्दै सो बैंकमार्फत् स्थानीयमा सहज बैंकिङ सेवाको पहुँचबाट लाभान्वित हुने बताए । यसैगरी मह जोडीले थलीमा सानिमा बैंकको कार्यालय सञ्चालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकको रूपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे ।
त्यसैगरी सानिमा बैंकका सञ्चालक लक्ष्मीप्रपन्न निरौला तथा प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेद्वारा बैंकका ग्राहक तथा सरोकारवालाहरूलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता ज्ञापन गरेका थिए ।