२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

नेशनल लाइफद्वारा प्रदेशका सीईओ क्लब सदस्यलाई सम्मान

Nada
२०८१ मंसिर ९ गते २०:५५
Shares
नेशनल लाइफद्वारा प्रदेशका सीईओ क्लब सदस्यलाई सम्मान

काठमाडौं : नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले बागमती प्रदेशका सीईओ क्लब सदस्यलाई सम्मान गरेको छ । कम्पनीले बागमती प्रदेशबाट आर्थिक वर्ष ०८०/८१ मा तोकिएको बीमाशुल्क संकलन गरी सीईओ क्लब सदस्यता प्राप्त गर्न सफल ६१० जनाभन्दा बढी अभिकर्ताहरू, विभागीय प्रमुख, कम्पनीका बागमती प्रदेशका प्रदेश प्रमुख एवं शाखा प्रमुखहरूको सहभागितामा सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको हो ।

ncell

सम्मान कार्यक्रममा बागमती प्रदेशबाट सीईओ क्लबका सदस्य हुन सफल अभिकर्ताहरूलाई सीईओ क्लब सदस्यता वितरण गरिनुका साथै प्रदेशबाट आफ्नो कोडमा र सञ्जालमा प्रथम द्वितीय र तृतीय हुन सफल अभिकर्ताहरूलाई विशेष सम्मान तथा पुरस्कृत पनि गरिएको थियो ।

सो अवसरमा प्रमुख कार्यकारी अधिकृत (सीईओ)  सुरेशप्रसाद खत्रीले यस प्रदेशबाट नेशनल रत्न हुन सफल अभिकर्ताहरूलाई पनि नेशनल लाइफ लोगो अंकित चाँदीको मेडल, सर्टिपिकेट र खादाबाट सम्मान गरेका थिए ।

सिईओ खत्रीले चेयरपर्सन क्लबमा पुर्‍याउने उद्देश्यले सीईओ क्लबको धारणा ल्याएकोमा नेपालभरबाट २००० जनाभन्दा बढी अभिकर्ताहरू यस कार्यक्रममा छनौट हुनुले यो योजना अत्यन्तै सफल भएको बताए ।

ताजा खबर

सम्बन्धित खबर