काठमाडौं : सीजी मोटर्सले ललितपुरको बागडोलमा नयाँ डेडिकेटेड ईभी सर्भिस सेन्टर (सेवा केन्द्र) सञ्चालनमा ल्याएको छ । पछिल्लो समय विद्युतीय सवारीसाधनसमेत आयात र बिक्री गरिरहेको कम्पनीले बागडोलको सर्भिस सेन्टर आइतबार उद्घाटन गरेको हो ।
उक्त सेवा केन्द्रको उद्घाटन सिजी ग्रुपका अध्यक्ष तथा संघीय संसदका सदस्य विनोद चौधरीले गरेका थिए । सीजी मोटर्सले काठमाडौं उपत्यकामा स्थापना गरेको यो दोस्रो सर्भिस सेन्टर हो । सीजी मोटर्सले २२ स्थानहरूमा बिक्री र डिलर नेटवर्क विस्तार गरिसकेको जनाएको छ ।
कम्पनीले विद्युतीय सवारीसाधन चार्ज गर्न आगामी दिनमा एक सयभन्दा बढी स्थानमा चार्जिङ पोइन्ट विस्तार गर्ने जनाएको छ । हाल सीजी मोटर्सले नेपालभर २०० भन्दा बढी सीसीएस टूजी चार्जिङ पोइन्ट जडान गरेको पनि उल्लेख गरेको छ ।