२०८१ मंसिर ९ गते आइतवार / Nov 24 , 2024 , Sunday
२०८१ मंसिर ९ गते आइतवार

स्थानीय तहका प्राविधिक र कृषकहरूसँग छलफल

ADV
सपना बोहरा
२०८१ मंसिर ९ गते २१:०५
स्थानीय तहका प्राविधिक र कृषकहरूसँग छलफल

दाङ : कृषि ज्ञान केन्द्र दाङले स्थानीय तहका प्राविधिकहरुसँग अन्तरक्रिया गरेको छ । कृषि प्राविधिक तथा कृषकहरूले कृषि कार्यक्रमहरू समन्वय र सहकार्य प्रभावकारी रहेको बताएका थिए । उनीहरूले समयमै मल बिउविजन उपलब्ध गराइदिनु अनुरोध गरेका थिए ।

कार्यक्रममा सहभागी महिला उद्यमी तथा कृषक गीता रावतले कृषकहरूलाई प्रदान गरिने अनुदानका कार्यक्रमहरू समय सान्दर्भिक अनुसार हुनुपर्ने सुझाव दिइन् । ‘कृषकहरूलाई बिउविजन त प्रदान गरिन्छ । तर ढिला गरी अनुदान कार्यक्रम स्वीकृत हुने हुँदा हामीलाई समयानुकूल बिउविजन हुँदैन’ उनले भनिन् । 

कृषकहरूलाई मध्येनजर गरेर अनुदानका कार्यक्रमहरू सञ्चालन गर्न उनले सुझाव दिइन् । व्यवसायिक रूपमै कृषि उत्पादनमूलक कार्यक्रमहरू सञ्चालन गर्न उनको सुझाव थियो । 

कार्यक्रममा कृषि प्राविधिक हेमाकान्त पाण्डेले स्थानीय तहमा दक्ष प्राविधिक जनशक्ति नभएको बताए ।

कृषि ज्ञान केन्द्र दाङका वरिष्ठ बाली संरक्षण अधिकृत पिताम्बर बस्नेतले साना माध्यम तथा ठूला कृषकहरूलाई कृषि ज्ञानकेन्द्रसँग जोडिएर काम गर्न अनुरोध गरेका थिए । कृषि ज्ञान केन्द्र र जिल्लाका कृषकहरूको समन्वय र सहकार्यमा काम भयो भने कृषि उत्पादनमा सहयोग हुने अरुको भनाइ थियो  । स्थानीय तहमा कृषि प्राविधिक विज्ञको कमी भएको अवस्थामा कृषि ज्ञानबाट सहयोग लिन सकिने बताए ।  कृषि ज्ञान केन्द्र दाङमा भर्खरै सरुवा भएर आएका प्रमुख नवराज भण्डारीले संघीयता आइसकेपछि कृषकहरूमा अन्योलता छाएको बताए । 

‘स्थानीय, प्रदेश र संघ गरेर तीन तहको कार्य विभाजन छ’कार्यक्रममा उनले भने ‘कहाँबाट कृषक सम्बन्धी सेवा लिने भन्नेमा दुविधा देखिएको छ ।’जुन तहकै कृषकहरूले कृषि ज्ञान केन्द्रबाट सहयोग लिन सकिने उनले बताए । पूर्वाधार विकासका बहुवर्षीय आयोजनामा बजेट छुट्याउँदा कृषिमा कम हुँदै गएको उनले बताएका थिए । त्यसतर्फ ध्यान दिनुपर्ने उनले बताए ।

कृषि ज्ञान केन्द्र दाङका प्रमुख नवराज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा कृषि ज्ञान केन्द्र दाङका कृषि अर्थविज्ञ पृथ्वीराज लामिछानेले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । जिल्लामा सिँचाईसहित कृषि विकास कार्यक्रम, बिउ उत्पादन कार्यक्रम, माटो व्यवस्थापन कार्यक्रम, स्थानीय तहसँग सहकार्य गरेर करार खेती कार्यक्रम, स्मार्ट कृषि गाउँ कार्यक्रमहरु सञ्चालन  गरेको बताएका थिए ।

यसैबीच कार्यालय प्रमुख भण्डारी र लेखा प्रमुखलाई स्वागत गरिएको थियो । कार्यक्रममा सहभागी कार्यालयका कर्मचारी १० वटा स्थानीय तहका कृषि शाखा प्रमुख र प्रतिनिधिहरूले स्वागत गरेका थिए ।

ADVADV

सम्बन्धित खबर

Advertise