काठमाण्डु : अभौतिक (क्रिप्टो) मुद्रा कारोबार तथा संगठित अपराध मुद्दामा तीन जना विदेशी नागरिक पूर्पक्षका लागि कारागार चलान भएका छन् ।
ललितपुर जिल्ला अदालतको आदेशले चिनियाँ नागरिक लिन क्विनचिन, तिङ चियाहोङ र हनिपा सिनसुवात अपायार्तलाई पूर्पक्षका लागि कारागार चलान भएका हुन् ।
सोही प्रकरणमा पक्राउ परेका ४७ जना भने धरौटीमा रिहा भएको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले जनाएको छ । उनीहरूले लmितपुरको एकान्तकुनामा जगदिश उपाध्यायको घर भाडामा लिएर कल सेन्टर संचालन गरिरहेका थिए । प्रहरीले कल सेन्टरमा प्रयोग गरिएका कम्प्यूटर, मोबाईल लगायतका उपकरणहरू पनि नियन्त्रणमा लिएको छ ।