२०८१ मंसिर २७ गते बिहिवार / Dec 12 , 2024 , Thursday
२०८१ मंसिर २७ गते बिहिवार

सूर्य नेपाल सेन्ट्रल ओपनको पहिलो दिन तोरण शीर्ष स्थानमा

ADV
मध्यान्ह
२०८१ मंसिर १० गते १९:३७
सूर्य नेपाल सेन्ट्रल ओपनको पहिलो दिन तोरण शीर्ष स्थानमा

काठमाडौं : सूर्य नेपाल गल्फ टुर २०२४/२५ अन्तर्गत सूर्य नेपाल सेन्ट्रल ओपनको पहिलो दिन तोरण विक्रम शाही ५–अन्डर ६७ को उत्कृष्ट स्कोरमा शीर्ष स्थानमा रहेका छन् । उनले नेपाल नम्बर १ गल्फर भुवन नगरकोटी र सुनिल केसीलाई १ स्ट्रोकले पछि पारे । ४–अन्डर ६८ सहित भुवन नगरकोटी र सुनिल केसी संयुक्त रूपमा दोस्रो स्थानमा रहेका छन् ।

३–अन्डर ६९ को स्कोरमा कृष्णमान राजबाहक चौथो स्थानमा रहे । यस्तै २–अन्डर ७० सहित एमेच्योर खेलाडी राहुल विश्वकर्मा समग्रमा पाँचौं तथा एमेच्योतर्फ शीर्ष स्थानमा छन् । यसैगरी भुवन कुमार रोक्का र राजेन्द्र श्रेष्ठ प्रधानले छैटौं स्थान बाँडे । उनीहरूले १–अन्डर ७१ स्कोर गरे । इभन–पार ७२ को स्कोरमा निरज तामाङ, धन बहादुर थापा, रमेश अधिकारी, राजेन्द्र थापा मगर र प्रदिप कुमार लामा संयुक्तरुपमा आठौं स्थानमा रहेका छन् ।

गोकर्ण गल्फ क्लबमा सिजनको पहिलो प्रतियोगिताको पहिलो दिन तोरणले ५–अन्डर ६७ को स्कोर दर्ज गर्ने क्रममा फ्रन्ट नाइन ३–अन्डर ३३ मा सकाए । बोगी रहित फ्रन्ट नाइन खल्ने क्रममा उनले तेस्रो, सातौं र नवौं होलमा बर्डी प्रहार गरे । यसपछि दशौं होलमा एक सट खेर फाले । तर यसपछि १२औं, १३औं र १५औं होलमा १–१ सट बचाएर ब्याक नाइन २–अन्डर ३४ मा सकाए । यसरी पहिलो दिन ६ बर्डी र १ बोगी प्रहार गर्दै तोरण पहिलो दिन शीर्ष स्थानमा रहे ।

नेपाल नम्बर १ भुवनले पहिलो, तेस्रो र सातौं होलको बर्डीले फ्रन्टनाइन ३–अन्डर ३३ मा सकाए । उत्कृष्ट सुरुवात गरेका भुवनले ब्याकनाइनमा भने तीन बर्डी प्रहार गरे पनि दुई बोगी खेपे । ब्याक नाइनमा १–अन्डर ३५ को स्कोर निकाले । उनले १०औं, १६औं र १७औं होलमा १–१ सट बचाए । १४औं र १८औं होलमा बोगी प्रहार गरे ।

सुनिल केसीले सुरुवात राम्रो गर्न सकेनन् । उनले फ्रन्ट नाइन १–ओभर ३७ मा सकाए । पाँचौं र छैटौं होलमा बोगी प्रहार गर्दा सातौं होलमा १ सट बचाए । यसपछि ब्याक नाइनमा लोभलाग्दो प्रदर्शन गरे । ११औं देखि १४औं होलमा लगातार ४ बर्डी प्रहार गरे भने १८औं होलमा पनि १ सट बचाए । ब्याक नाइन ५–अन्डर ३१ मा पूरा गर्दा ४–अन्डर ६८ को स्कोरकार्ड तयार पारे ।

एमेच्योरतर्फ राहुल २–अन्डरको स्कोरमा विजय श्रेष्ठ आइनहाउसलाई३ स्ट्रोकलेपछि पार्दै शीर्षस्थानमा रहे। १–ओभर ७३ सहित विजयदोस्रो स्थानमा छन् । डिफेन्डिङ च्याम्पियन तथा दाबेदार सदभाव आचार्य भने २–ओभर ७४ सहित तेस्रो स्थानमा छन् ।

४ दिनसम्म चल्ने प्रतियोगितामा ३४ प्रोफेसनल र ३ वा ३ भन्दा कम ह्यान्डीक्याप भएका १३ खेलाडीले उपाधिका लागि दाबेदारी प्रस्तुत गरिरहेका छन् । ३६ होलपछि कट लागू हुनेछ । उत्कृष्ट २१ प्रोफेसनल तथा एमेच्योर खेलाडीले मात्र अन्तिम २ दिनका लागि स्थान सुरक्षित गर्नेछन् । प्रतियोगिताको कूल नगद पुरस्कार ८ लाख ८२ हजार रहेको छ । जहाँ विजेताले १ लाख ५० हजार, तथा दोस्रो र तेस्रो हुने खेलाडीहरूले क्रमशः १ लाख र ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

ADVADV

सम्बन्धित खबर

Advertise