काठमाडौं : नेशनल लाइफ इन्स्योरेन्सले ‘मिट द सिइओ’ कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले मासिक योजनाअन्तर्गत तोकिएको लक्ष्य पूरा गर्ने अभिकर्ताहरूलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ)सँग साक्षात्कारसहितको डिनर कार्यक्रम ‘मिट द सिइओ’ कार्यक्रम गरेको हो ।
बागमतीका करिब ११० जना अभिकर्ताहरू, विभागीय प्रमुख, प्रदेश प्रमुख एवं शाखा प्रमुखहरूको सहभागितामा प्रमुख कार्यकारी अधिकृतले लक्ष्य पूरा गर्ने सबै अभिकर्ताहरूलाई मायाको चिनो प्रदान गरेका थिए ।
साथै सो कार्यक्रममा स्किममा व्यवस्था भए अनुरूप अर्लि क्वालिफायर विजेता र सर्टिपिकेट अफ एक्सिलेन्स प्राप्त गर्न सफल अभिकर्ताहरूलाई विशेष सम्मान गरिएको थियो । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले सो कार्यक्रममा छनौट हुने सम्पूर्ण अभिकर्ताहरूलाई प्रदेश स्तरीय सम्मान गर्ने क्रममा बागमती प्रदेशबाट छनौट हुने अभिकर्ताहरूलाई सम्मान गरेका हुन् ।
सिइओ खत्रीले समय सान्दर्भिक योजनाहरू प्रस्तुत गर्ने क्रममा मिट द सिइओ स्किम ल्याइएको र नेपालभरबाट ३०० भन्दा बढी अभिकर्ताहरू छनौट भएकोमा बागमती प्रदेशबाट मात्रै ११० जना अभिकर्ताहरू छनौट हुन सफल भएकोले यस स्किममा जोडिने सम्पूर्ण अभिकर्ताहरूलाई बधाई दिएका थिए ।