काठमाडौं : कुमारी बैंकले मोरङको बेलबारीमा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । युएसएडसँगको साझेदारीमा देशैभरी वर्षैभरी उद्यमशीलता विकास एवं प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्दै आएको बैंकले मोरङ बेलबारीका उद्यमीहरूको व्यावसायिकता विकासका लागि प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
वित्तीय ज्ञान, सीप, मनोवृद्धि तथा व्यवहार विकासबाट मात्रै व्यवहारिकरूपमा उद्यमशीलता प्रवर्द्धन तथा विकास हुने कुमारी बैंकले विश्वास लिएको जनाएको छ । उद्यमी प्रशिक्षणबाट हरेक स्थानीयस्तरमा रहेका उद्यमी सोचहरूको प्रवर्द्धन तथा विकासमा टेवा पुर्याउँदै आर्थिकरूपमा समृद्ध परिवार, समाज तथा राष्ट्र निर्माणमा टेवा पुग्ने विश्वास बैंकले लिएको जनाएको छ ।