२०८१ चैत २० गते बुधवार / Apr 02 , 2025 , Wednesday
२०८१ चैत २० गते बुधवार
Ads

गुजरामा उपभोक्ता समिति बिना नै गरियो ढलान

draupadi film
सत्येन्द्र प्रताप सिंह
२०८१ मंसिर १४ गते २०:४९
गुजरामा उपभोक्ता समिति बिना नै गरियो ढलान

रौतहट : रौतहटको गुजरा नगरपालिकामा उपभोक्ता समिति बिना नै ढलान गरिएको पाइएको छ । सो नगरपालिकाको वडा नम्बर ४ जंगलसैयामा उपमेयर रत्ना लामाको बजेटबाट उपभोक्ता समिति नबन्दै विकास निर्माणको काम सम्पन्न भएपछि स्थानीयहरूले त्यसको विरोध गरेका छन् । 

आर्थिक वर्ष २०८१/०८२ मा कालोपत्र हुँदै चमार टोलसम्म बाटो ढलान कार्य अन्दाजी करिब १ सय ७५ मिटर गरिएको छ । सो वडाका कार्यवाहक वडाध्यक्ष शेख जफिरका अनुसार आफूले गत मंसिर ६ गते उपभोक्ता समिति गठनका लागि सूचना निकालेको बताए ।

कार्यवाहक वडाध्यक्ष जफिरले सूचनामा मंसिर १३ गते उपभोक्ता समिति गठनका लागि उल्लेख भएपनि गुजरा नगरपालिकाकी उपमेयर लामाका श्रीमानले मनलाग्दी तरिकाले ढलान कार्य सम्पन्न गराएको आरोप लगाएका छन् ।

यता स्थानीय चुनचुन जयसवालले नगरपालिकाको न्यायिक समितिका संयोजक भएर नियम संगत काम नगरी कानूनको धज्जी उडाउनु लज्जास्पद रहेको बताएका छन् । 

यस्तो कार्य उपमेयर जस्तो व्यक्तिबाट हुननपर्ने भएपनि उनीबाट यस्तो कार्य हुनु गलत रहेको जयसवालको भनाइ रहेको छ । 

यस विषयमा उपमेयर रत्ना लामाले वडाध्यक्ष समयमा उपभोक्ता समिति गठन गरेर नदिएको कारण यस्तो हुन गएको बताएकी छिन् । 

बिहीबार उपभोक्ता समिति गठन गर्न बैठक बसेपनि सहमति हुन नसकेको स्रोतले जनाएको छ ।

ADV

सम्बन्धित खबर

Advertise