२०८१ चैत २० गते बुधवार / Apr 02 , 2025 , Wednesday
२०८१ चैत २० गते बुधवार
Ads

मलाहिटोलमा एक दिने निःशुल्क आँखा शिविर सम्पन्न

draupadi film
सत्येन्द्र प्रताप सिंह
२०८१ मंसिर १५ गते ११:१८
मलाहिटोलमा एक दिने निःशुल्क आँखा शिविर सम्पन्न

रौतहट : पूर्व विद्यार्थी समाज श्री सरस्वती माध्यमिक विद्यालय मलाहिटोलको पहलमा गरीब, दलित, महिला, मुस्लिम समुदायलाई लक्षित गरेर एक दिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । 

डाक फाउन्डेसनको आर्थिक सहयोग, नेपाल नेत्र ज्योति संघ, गौर आँखा अस्पतालको आयोजना, र स्थानीय आयोजक गरुडा आँखा अस्पताल, श्री सरस्वती मावि मलाहीटोलको पूर्व विद्यार्थी समाजको नेतृत्वमा एक दिने निःशुल्क आँखा शिविर सम्पन्न भएको हो  ।
 
शुक्रवार बिहान ९ वजेदेखि संञ्चालन भएको शिविरमा २२४ महिला र २०१ पुरुष गरी जम्मा ४२५ जना सेवाग्राहीहरूले आँखाको परिक्षण गराएको आयोजक समितिले जनाएको छ ।

आँखा परिक्षण गराएका मध्ये १२६ जनालाई आउँदो मंगलवार, बुधवार र विहीवार गौर आँखा अस्पताल पुरेनवामा निःशुल्क शल्याक्रिया गरिने भएको छ । 

शिविरमा आएका सेवाग्राहीलाई आयोजक संस्थाहरूले निःशुल्क रुपमा औषधि ४५ जनालाई, १२८ जनालाई चश्मा र लेन्ससहितको आँखाको निःशुल्क शल्यक्रिया १२६ जना तथा सहभागी सम्पूर्णलाई परामर्श समेत दिएको थियो ।

सो कार्यक्रममा गौर आँखा अस्पताल पुरेनवाका डा. शिव कुमार यादव, लालवावु साह, अमित दास, सुशिल पासवान सहित ९ जनाको प्राविधिक टोली, नेपाल नेत्र ज्योति संघ, गौर आँखा अस्पताल पुरेनवाको कार्यक्रम संयोजक सतेन्द्र पाण्डे, पूर्व विद्यार्थी समाजका इन्द्रजीत सहनी, शिवचन्द्र प्रसाद साह, अम्विका सहनी, साहेव सहनी, अमरुल आलम, विश्वन्नदन सहनी, विवेक सहनी, मुकेश शाह, जितेन्द्र सहनी, बालकृष्ण सहनी, लगायत दर्जनौ स्वयमसेवकहरूले कार्यक्रममा सहजीकरण गरेको बताइएको छ ।

साथै शल्यक्रिया गर्न सकिने सेवाग्राहीलाई गौर आँखा अस्पतालसम्म जान आउन यातायातको निःशुल्क व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

ADV

सम्बन्धित खबर

Advertise