२०८१ चैत २० गते बुधवार / Apr 02 , 2025 , Wednesday
२०८१ चैत २० गते बुधवार
Ads

टिकटक बनाउने क्रममा डुबेर २ जनाको मुत्यु

draupadi film
सत्येन्द्र प्रताप सिंह
२०८१ मंसिर १५ गते १४:०७
टिकटक बनाउने क्रममा डुबेर २ जनाको मुत्यु

रौतहट : रौतहटमा टिकटक बनाउने क्रममा डुबेर २ जनाको मुत्यु भएको छ । जिल्लाको मध्यभागमा रहेको गरुडा नगरपालिका वडा नम्बर २ गेडहीगुठीमा टिकटक बनाउन नुहाउन गएका २ जनाकाे शिवनगर लमहा नदिमा डुबेर मृत्यु भएको हो ।

प्रत्यक्षदर्शीका अनुसार स्थानीय गेडहीगुठी निवासी देवालाल साहको अन्दाजी छोरा बर्ष १७/१८ का जितेन्द्र साह र सोही वडाका उमेश साहकाे छोरा बर्ष १७/१८ का राजिव साह शुक्रबार दिउँसो टिकटक बनाउन नदीमा हाम फाल्दा डुबेर मृत्यु भएको हो ।

स्थानीयहरूले  इलाका प्रहरी कार्यालय शिवनगरका सई बब्लु झा र दुधियाभार बेश क्याम्पका इन्स्पेक्टर अम्मर राज बरामुलाई खबर गरेलगत्तै प्रहरी घटना स्थलमा पुगेर दुबै जनाकाे शव पानीबाट निकालेको थियो । स्थानीय पूर्व हुलाक कर्मचारी रामनारायण सहनीले प्रहरीलाई सघाएका थिए ।

ADV

सम्बन्धित खबर

Advertise