रौतहट : रौतहटको देवाही गोनाही नगरपालिका वडा नम्बर ३ देवाही टोलमा छोराले धारिलो हतियार प्रहार गर्दा बुबा गम्भीर घाइते भएका छन् ।
देवाही टोल बस्ने ७० वर्षीय कंचन बैठालाई शनिबार आफ्नै ३० वर्षीय छोरा रबिन बैठाले घाँटीमा घरेलु धारिलो हतियार प्रहार गरेका हुन् ।
गम्भीर घाइते भएका उनको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । उनलाई उपचारका लागि वीरगन्ज लगिएको छ । हतियार प्रहार गर्ने रबिनलाई इलाका प्रहरी कार्यालय देवाही गोनाहीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।