२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

कृषि मन्त्री साहको दाबी- 'रासायनिक मल अभाव हुँदैन'

ADV
मध्यान्ह
२०८१ असार ६ गते १५:४२
कृषि मन्त्री साहको दाबी- 'रासायनिक मल अभाव हुँदैन'

काठमाडौं : कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले रासायनिक मलको अभाव नहुने दाबी गरेकी छन् ।

प्रतिनिधि सभामा मन्त्रालयको विनियोजित बजेटबारे सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै मन्त्री साहले अहिले ९६ हजार मेट्रिक टन रासायनिक मल मौज्दात रहेको बताइन् । 

उनले थप १ लाख ३१ हजार मेट्रिक टन रासायनिक मल असार मसान्तसम्म आयात भइसक्ने भन्दै मलको आवश्यकता पूरा हुने बताइन् ।

विनियोजित बजेटबाट नै ६ लाख मेट्रिक टन मल अनुदानमा उपलब्ध गराउन सकिने भएकाले मल आपूर्तिमा समस्या नहुने दाबी गरिन् । 

मन्त्री साहले आगामी आर्थिक वर्षमा मलको सहज उपलब्धताका लागि २ लाख ५० हजार मेट्रिक टनको टेन्डर आह्वान भइसकेको र सो मध्ये ९० हजार मेट्रिक टनको आपूर्ति सम्झौता पनि भइसकेको हुँदा मलको अभाव नहुने गरी मन्त्रालयले कार्ययोजना बनाइ काम अगाडि बढाइएको बताइन् ।

यस्तै मन्त्री साहले किसानले पाउनुपर्ने रकमका लागि बजेट विनियोजन भएपनि रकम अपुग भएको बताइन् । किसानलाई ऋण लिएर नै भुक्तानी गर्ने तयारीमा लागेको उनले प्रष्ट पारिन् ।

कृषि क्षेत्रमा रोजगारी सिर्जना गर्ने विषयमा सरकार नै चिन्तित भएको उनको भनाइ छ । मधेशमा ८ लाख हेक्टर जग्गा भएपनि युवा विदेशिइरहेको बताउँदै मन्त्री साहले त्यसतर्फको जग्गामा खेतीका लागि युवालाई प्रोत्साहित गर्नुपर्ने धारणा राखिन् ।

ADVADV

सम्बन्धित खबर

Advertise