२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

'सरकारले सहकारी पीडितको ७७ करोड २४ लाख फिर्ता गराइसक्यो'

ADV
मध्यान्ह
२०८१ असार ६ गते १५:५९
'सरकारले सहकारी पीडितको ७७ करोड २४ लाख फिर्ता गराइसक्यो'

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले सहकारी पीडितलाई ७७ करोड २४ लाख ४६ हजार ४५८ रुपैयाँ बचत रकम फिर्ता गराइसकेको बताएका छन् । प्रतिनिधि सभा बैठकमा कांग्रेसका सांसद जीवन परियारले सोधेको प्रश्नको जवाफ दिँदै तीन वटा समस्याग्रस्त सहकारीको रकम फिर्ता गराइसकेको बताएका हुन्  ।

प्रधानमन्त्री दाहालले भने, ‘हालसम्म २० सहकारीलाई समस्याग्रस्त घोषणा गरी समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमार्फत बचत फिर्ताको प्रक्रिया अगाडि बढाइएको छ । समस्याग्रस्त घोषणा भएका सबै सहकारी संस्थाका बचतकर्ताहरूबाट ५९ हजार ५ सय ८७ माग दाबी निवेदनका आधारमा ३६ अर्ब २८ करोड ९२ लाख ८१ हजार ७८० को दायित्व यकिन भएको छ ।'

कास्की, रूपन्देही, चितवन, काठमाडौं उपत्यका लगायत देशैभरका लाखौँ सहकारी बचतकर्ताको अरबौँ रकम सहकारीका सञ्चालक, व्यवस्थापक, सहकारीबाट कर्जा लिई समयमा साँवा तथा ब्याज नबुझाएका ऋणी, गैरकानूनी रूपमा सहकारीको रकम लगेका निजी कम्पनीलगायत सरोकारवाला अन्य व्यक्ति जसले उक्त रकमको हिनामिना, दुरुपयोग, अपचलन र ठगी भएको भन्दै ती व्यक्तिबाट ठगिएको रकम असुलउपर गरी बचतकर्ताले कहिलेसम्म रकम फिर्ता पाउँछन् ? भन्दै सांसद परियारले प्रश्न गरेका थिए ।

प्रधानमन्त्रीले सहकारीको समस्या समाधान गर्न सरकार अझ गम्भीर भएर अगाडि बढेको बताए । समस्याग्रस्त अवस्थामा पुगेका तर समस्याग्रस्त घोषणा नभएका सहकारी संघसंस्थाको समस्या समाधानको देशभरबाट सहकारीसम्बन्धी उजुरी र गुनासो संकलन, विश्लेषण गरी समस्याग्रस्त अवस्थाको पहिचान गर्न एक उच्चस्तरीय जाँचबुझ समिति गठन गर्ने प्रक्रिया अघि बढाइएको बताए ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise