काठमाडौं : काठमाडौं जिल्ला अदालतले भिजिट भिसाको सेटिङ सम्बन्धमा भएको मुद्दाको फैसला तयार हुन बाँकी रहेको जनाएको छ ।
अदालतका न्यायाधीश रामप्रसाद शर्माको इजलासले शुक्रबार उक्त मुद्दाको फैसला गरेको थियोे । मुद्दामा प्रतिवादी बनाइएका अधिकृत कुशल बरमलले चार जनालाई मात्रै दोषी ठहर गरी आफूसहित अधिकृतहरू नरबिर खड्का, विमल पौडेल, ताराबहादुर कुँवर, शैलेन्द्र ढकाल, विष्णु अर्याल, विकाश डंगोल, पिताम्बर रिमाल र सुजन फागोले सफाइ पाएको बताए । उनले उनीहरू पुनर्वहालीको प्रक्रियामा रहेकोे पनि बताए ।
लिखत किर्ते तथा संगठित अपराधसम्बन्धि कसुरमा गीता शाह, अरुण दाहाल, सरोज कुमार यादव र गणेश पाण्डेलाई मात्रै कसुरदार कायम गरिएको पनि अधिकृत बरालले बताए । सफाई पाएका अधिकृतहरूले अदालतबाट लिखित जानकारी लिएर तत्कालीन अवस्थामा आफू कार्यरत कार्यालयमा पेश गर्नेछन् ।
लिखत किर्ते र संगठित अपराधसम्बन्धि कसुरमा कसुरदार ठहर भएकाहरूलाई कैद निर्धारण गर्न अर्को पेशी तोकिने छ ।