२०८१ पुष ११ गते बिहिवार / Dec 26 , 2024 , Thursday
२०८१ पुष ११ गते बिहिवार
Ads

गढीमाई मेलाको समस्या समाधान गर्न प्रत्येक दिन छलफल हुने

ADV
राहुल गुप्ता
२०८१ मंसिर १६ गते २२:१०
गढीमाई मेलाको समस्या समाधान गर्न प्रत्येक दिन छलफल हुने


बारा : विश्व प्रसिद्ध गढीमाई मेलाको समस्या समाधानको लागि प्रत्येक दिन प्रमुख जिल्ला अधिकारी र मेला व्यवस्थापन मूल समितिबीच छलफल हुने भएको छ  । गढीमाई मेलामा आउने समस्यालाई समाधानको लागि प्रत्येक दिन साँझ छलफलमार्फत समस्याको समाधान गरिने भएको हो ।

मंसिर १ गतेदेखि विधिवत् रुपमा शुरु भएको विश्व प्रसिद्ध गाढीमाई मेलामा मूल समिति या उपसमितिको कुनै पदाधिकारीले केही गल्ती गरेमा कारबाहीको  प्रक्रिया अगाडि बढाइने गढीमाई मेला व्यवस्थापन छलफल कार्यक्रममा नगरप्रमुख उपेन्द्र यादवले बताए । उनले भने,‘जो कोही कतैबाट अनाधिकृत रुपमा कुनै पनि व्यापारीसँग पैसा लिएको प्रमाण भेटेसँगै त्यस्तालाई कारबाहीको लागि प्रहरीको जिम्मा लगाइने छ ।’

शनिबार बेलुका महागढीमाई नगरपालिकाको सभाहलमा प्रमुख जिल्ला अधिकारी र मेला व्यवस्थापन मूल समितिबीच गढीमाई मेलाको बारेमा बृहत् छलफल भएको छ । विश्व प्रसिद्ध गढीमाई मेलामा आउने समस्यालाई छलफलमार्फत समाधान गर्ने गरी प्रशासनले समेत काम गर्ने प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले बताए ।

गढीमाई मेला सञ्चालनको लागि गठन गरिएको उपसमितिका सबै सदस्यहरु २४ औं घण्टा मेला मूल समितिको कार्यालयमै बसेर मेला व्यवस्थापन लाग्नुपर्नेमा नगरप्रमुख उपेन्द्र प्रसाद यादवले जोड दिए । आवश्यता अनुसार आफू पनि मेला व्यवस्थापन समितिको कार्यालयमा २४ घण्टा बस्ने र मेलामा आउने दर्शनार्थी या व्यापारीलाई कुनै किसिमको समस्या भए त्यसको तुरुन्त समाधान गर्ने गरी सबै उपसमितिलाई काम गर्नुपर्ने आवश्यक रहेको नगरप्रमुख यादवले निर्देशन दिए ।

विश्व प्रसिद्ध गढीमाई मेलामा अहिले विद्युतिकरणमा समस्या रहेकोले त्यसको समाधानको लागि विद्युत कार्यालयका हाकिम र इन्जिनियरलाई मेलामा कुनै किसिमको विद्युतको कमि नहुने गरी काम गर्न निर्देशन दिनको लागि नगरप्रमुख यादवले प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीसँग आग्रह गरेको छ । मेला समितिको तर्फबाट नेपाल विद्युत प्राधिकरण कलैयामा १८ लाख रुपैयाँ धरौती राखिए पनि विद्युतिकरणको समस्या अझै विद्युत कार्यालय समाधान गर्न नसकेको प्रति नगरप्रमुख यादवले प्रमुख जिल्ला अधिकारी समक्ष दुखेसो पोखे ।

मेला समितिको उपसमितिको जति सदस्य र संयोजकहरु छ, सबैले हातेमालो गरेर मेला व्यवस्थापनमा लाग्नुपर्नेमा प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले जोड दिए । 

उनले भने, ‘गढीमाई मेला एउटा ठूलो मेला हो, आफ्नो घरमा बिहेमा आउने ज्यन्तिको लागि व्यवस्थापनमा कुनै कसर बाँकी नरहने गरी काम गर्छौं ।’ त्यस्तै गढीमाई मेलाको व्यवस्थापनमा समेत कुनै कमी नआउने गरी काम गर्न मेला मूल समिति र उपसमितिका संयोजक र सदस्यहरुलाई प्रमुख जिल्ला अधिकारीले निर्देशन दिए ।
 

ADVADV

सम्बन्धित खबर

Advertise