२०८१ चैत २१ गते बिहिवार / Apr 03 , 2025 , Thursday
२०८१ चैत २१ गते बिहिवार
Ads

बझाङको सुर्मा–४ मा नेपाली कांग्रेसका पुजारा विजयी

draupadi film
सत्यराज सिंह
२०८१ मंसिर १७ गते ०७:४६
बझाङको सुर्मा–४ मा नेपाली कांग्रेसका पुजारा विजयी

बझाङ : बझाङको सुर्मा गाँउपालिका वडा नम्बर ४ को वडाध्यक्षमा नेपाली कांग्रेसका धिरेन्द्र पुजारा १७० मतान्तरले विजयी भएकाछन् । पुजाराले ६ सय ५७ मत प्राप्त गरी विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी  नेकपा एमालेका लखिचन्द्र बोहराले ४ सय ८७ मत प्राप्त गरे भने नेकपा माओवादी केन्द्रका उम्मेदवार पुस्कर बोहराले जम्मा १७ मत मात्रै प्राप्त गरे ।

कुल एक हजार ५ सय ५४ मतदाता रहेको सो वडामा आइतबार भएको उपचिर्वाचनमा एक हजार १ सय ७८ मत खसेको थियो । १७ मत बदर भएको छ ।

यो वडामा यसअघिको निर्वाचनमा एमालेले जितेको थियो । वडाध्यक्ष सर्जन बोहराको निधन भएपछि रिक्त रहेको वडाध्यक्ष पदमा उपनिर्वाचन भएको हो । यसअघि यहाँ एमालेका सर्जन बहादुर बोहरा ६२९ मतसहित निर्वाचित हुँदा कांग्रेसका लोकबहादुर बोहराले ६०४ मत पाएका थिए ।

ADV

सम्बन्धित खबर

Advertise