२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

क्लासिक टेकको भुक्तानीमा बुलेट बाइक उपहार

ADV
मध्यान्ह
२०८१ असार ६ गते २१:३८
क्लासिक टेकको भुक्तानीमा बुलेट बाइक उपहार

काठमाडौं : क्लासिक टेकले ग्राहकका लागि नयाँ योजना सार्वजनिक गरेको छ । कम्पनीले क्लासिक टेकको भुक्तानी ‘सेल पे’ वालेट मार्फत् गर्दा बुलेट बाइक जित्ने योजना सार्वजनिक गरेको हो । सो अफरमा कम्पनीका नयाँ तथा पुराना ग्राहकले इन्टरनेट टिभीको सेल पे वालेटबाट भुक्तानी  गर्दा एक जना भाग्यशाली ग्राहकले बम्पर उपहारमा रोयल इन्फिल्ड क्लासिक ३५० सीसी बुलेट बाइक जित्न सक्नेछन् ।

साथै हरेक महिना म्याकबुक, आईप्याड र एप्पल वाच जित्ने अवसर पनि रहेको कम्पनीको भनाइ छ । अफरमा पुराना ग्राहकका लागि रिचार्ज अफरमा ३२५ एमबीपीएस सहित २०० प्लस एचडी र एसडी  च्यानल रहेको इन्टरनेट टिभी प्रति महिना सात सय ९९ रुपैयाँमा प्राप्त गर्न सक्नेछन् । नयाँ ग्राहकले भने तीन महिनाका लागि २०० एमबीपीएस इन्टरनेट तीन हजार तीन सय रुपैयाँमा वाइफाइ ६ राउटर सहितको प्याकेज प्राप्त गर्नेछन् । ती अफरहरु आगामी  कात्तिक मसान्तसम्म मात्र रहेको कम्पनीले जनाएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise