२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

असारको पहिलो साता ४२ अंकले घट्यो नेप्से

ADV
मध्यान्ह
२०८१ असार ६ गते २१:३९
असारको पहिलो साता ४२ अंकले घट्यो नेप्से

काठमाडौं : चालु आर्थिक वर्षको अन्तिम महिना अर्थात् असार महिनाको पहिलो साता शेयर बजारका लागि सुखद रहेन । साताभरमा नेपाल स्टक एक्सजेञ्ज (नेप्से) ४२.९८ अंकले घट्यो । गत साताको अन्तिम कारोबार दिन बिहीबार २१११.२९ अंकमा पुगेको नेप्से परिसूचक यो साताको बिहीबारसम्म आउँदा २०६८.३१ बिन्दुमा झर्‍यो ।

यो साता नेप्सेमा चार दिनमात्र कारोबार भएकोमा तीन दिन बजार घट्यो भने एक दिन झिनो अंकले मात्रै बढ्यो । यो साता कारोबार अंकको हिसाबले भने नेप्से सकारात्मक देखिएको छ । यो हप्तामा १६ अर्ब ६७ करोड ६ लाख ८९ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise