२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

समृद्धि फाइनान्सको औरही शाखाले मनायो पहिलो वार्षिकोत्सव

ADV
मध्यान्ह
२०८१ असार ७ गते १२:०८
समृद्धि फाइनान्सको औरही शाखाले मनायो पहिलो वार्षिकोत्सव

काठमाडौं : समृद्धि फाइनान्स कम्पनी लिमिटेडको औरही शाखा कार्यालयले आफनो पहिलो वार्षिकोत्सव मनाएको छ ।

नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्सले एक कार्यक्रम आयोजना गरी औरही नगरपालिकाका स्थानीय व्यापारीहरु, बचतकर्ताहरु, समाजसेवी, सुरक्षा निकायका प्रतिनिधिलगायतको उपस्थितिमा वार्षिकोत्सव मनाएको हो ।

कार्यक्रममा विभिन्न व्यक्तिहरुले आ-आफ्नो विचार व्यक्त गर्दै फाइनान्सको उत्तरोत्तर प्रगतिको कामना गरेका थिए ।

आगामी दिनमा स्थानीय आवश्यकताअनुसारको कर्जालाई प्राथमिकता दिइ गुणस्तरीय कर्जा लगानीमा घनिभूत ढंगले अगाडि बढ्ने र बैंकिङ सेवालाई थप सशक्त बनाउन स्थानीय जनचाहनाबमोजिमका कार्यलाई प्राथमिकता दिइ कार्य गर्ने योजना रहेको शाखाले बताएको छ ।

समृद्धि फाइनान्सले हाल १३ वटा शाखाहरुमार्फत नगद कारोबार, आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिट्यान्स, क्लियरिङलगायतका बैंकिङ सेवा प्रदान गर्दै आएको छ भने मोबाइल बैंकिङ, डेबीट कार्ड, क्यू.आर कोड आदि डिजिटल सुविधाहरु नि:शुल्क प्रदान गरिरहेको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise